ललितपुर महानगरमा एमालेबाट हरिकृष्ण र मञ्जलीद्वारा उम्मेदवारी दर्ता
सोमबार, १२ वैशाख २०७९, १३ : ३५
ललितपुर महानगरपालिकामा नेकपा एमालेबाट मेयरका उम्मेदवार हरिकृष्ण व्यञ्जनकार र उपमेयरकी उम्मेदवार मञ्जली शाक्य (आस्था) मनोनयन दर्ता गराएका छन् । सोमबार दिउँसो निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवार दर्ता गराएका हुन् ।
यसअघि दुवै ले शताब्दी पुरुष सत्यमोहन जोशी र वामपन्थी नेताद्वय सिद्धिलाल सिंह र स्नेहलता श्रेष्ठको निवासमा पुगेर आशीर्वाद लिएका थिए । आशीर्वाद लिन उनीहरु बिहान ९ बजे सत्यमोहन जोशीको निवासमा पुगेका थिए । लगत्तै शंखमुलस्थित सिद्धिलाल सिंहको निवासमा पुगेका दुईजना त्यसपछि पाटनढोका स्थित स्नेहालता श्रेष्ठको निवासमा पुगेर आशीर्वाद ग्रहण गरेका थिए । भेटपछि प्रतिक्रिया दिँदै मेयरका उम्मेदवार व्यञ्जनकार र उपमेयरका उम्मेदवार शाक्यले आशीर्वादबाट आफूहरूको विजय सुनिश्चित रहेको बताएका थिए ।












खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुग्लिन-नारायणगढ सडकको खहरेमा सुख्खा पहिरो खस्याे, यातायात दुईतर्फी अवरुद्ध
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सांसदले लालपुर्जा लिएर आउँछु भनेपछि मेयरको प्रश्न, ‘कुन कानुन टेकेर २० हजारलाई लालपुर्जा दिनुहुन्छ ?’
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
सडकमा ठोक्किएर ट्रकमा आगलागी हुँदा चालकको मृत्यु
-
अङ्ग्रेज फौज पराजित भएको ऐतिहासिक स्थलमा भारतीय पत्रकारको भ्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण