कर्णालीका दुई जिल्लामा गठबन्धनबीच जुटेन सहमति, छुट्टाछुट्टै चुनाव लड्ने
सोमबार, १२ वैशाख २०७९, १४ : ३४
पाँच दलीय गठबन्धनबीच कर्णालीका दुई जिल्लामा भागबण्डा नहुने भएको छ । गठबन्धनले कर्णालीका आठ जिल्लामा भागबण्डा मिलाए पनि सुर्खेत र रुकुम (पश्चिम)मा सहमति हुन नसकेको हो ।
सुर्खेत र रुकुम (पश्चिम) मा सहमति जुटाउन नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का र माओवादी केन्द्रका नेता तथा अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ बीच छलफल भए पनि सहमति जुट्न नसकेको हो । रुकुममा माओवादी केन्द्रको प्रभाव रहेकाे जिल्ला हो भने सुर्खेतमा काँग्रेसको बढी प्रभाव रहेको छ ।
कर्णालीका अन्य आठ जिल्लामा भने सत्ता गठबन्धनबीच भागबण्डा टुंगो लागि सकेको छ । भागबण्डा टुंगो लागेका जिल्लामा माओवादी केन्द्रले प्रमुख/उपप्रमुख गरी ५१, काँग्रेसले ४७ र एकीकृत समाजवादीले २९ वटा पाएको छ ।
याे पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केन्द्रीय सर्भरमा प्राविधिक समस्या, देशभरका यातायात कार्यालयमा लाइसेन्स सम्बन्धी सेवा प्रभावित
-
नयाँ सार्वजनिक खरिद ऐन बमोजिम मात्र बोलपत्र तयार गर्ने निर्देशन
-
प्रख्यात अभिनेता साम निलको निधन
-
स्वर्णिम वाग्लेको भूमिकालाई लिएर बालेन असन्तुष्ट, यी मन्त्रीको कार्यसम्पादनमा रविको प्रश्न
-
यस्तो खाद्य पर्दाथले क्यान्सरको जोखिम घटाउन सक्छ
-
राष्ट्रिय गौरवका आयोजनाको संख्या घटाएर १० वटामा सीमित गर्न योजना आयोगको सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण