आदिकविको प्रेरणाबाट राष्ट्रिय एकता सुदृढ बनाउन कांग्रेस नेता आङदेम्बेको आह्वान
सारांश
- नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीका अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् ।
- उनले आदिकविको आदर्श, सिर्जनशीलता र समाजसेवाको भावनाबाट प्रेरणा लिँदै भाषिक विविधताको सम्मान, साहित्यिक समृद्धि, सांस्कृतिक सहअस्तित्व र राष्ट्रिय एकतालाई अझ सुदृढ बनाउन आह्वान गरेका छन् ।
- नेता आङदेम्बेले भानु जयन्तीलाई नेपाली भाषा, मातृभाषा, साहित्य, संस्कृति र भाषिक सम्पदाको संरक्षण, सम्बर्द्धन र विकासप्रति साझा प्रतिबद्धता नवीकरण गर्ने अवसरका रूपमा लिएका छन् ।
काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
उनले आदिकविको आदर्श, सिर्जनशीलता र समाजसेवाको भावनाबाट प्रेरणा लिँदै भाषिक विविधताको सम्मान, साहित्यिक समृद्धि, सांस्कृतिक सहअस्तित्व र राष्ट्रिय एकतालाई अझ सुदृढ बनाउन सामूहिक प्रतिबद्धताका लागि आह्वान गरेका हुन् ।
विक्रम संवत १८७१ असार २९ गते तनहुँ जिल्लाको चुँदी रम्घामा पिता धनञ्जय आचार्य र माता धर्मावतीदेवीका सुपुत्रका रूपमा जन्मिएका आदिकवि भानुभक्त आचार्यको जन्मदिनलाई प्रत्येक वर्ष भानु जयन्तीका रूपमा श्रद्धापूर्वक मनाउने गरिन्छ । घाँसीबाट प्रेरणा लिएर समाजका लागि केही गर्ने सङ्कल्प गरेका आचार्यले संस्कृत भाषामा रहेको वाल्मीकि रामायणलाई सरल, शिष्ट र रोचक नेपाली भाषामा अनुवाद गर्दै नेपाली भाषा–साहित्यको सुदृढ जग बसालेको नेता आङदेम्बेले उल्लेख गरे । भानुभक्तले नेपाली भाषालाई जनजनको साझा अभिव्यक्तिको माध्यमका रूपमा स्थापित गर्न अतुलनीय योगदान दिएको र भाषा समाजलाई जोड्ने, चेतना जगाउने तथा राष्ट्रलाई एकताबद्ध बनाउने शक्तिशाली आधार हो भन्ने अमूल्य सन्देश दिएको उनको भनाइ छ ।
नेता आङदेम्बेले भानु जयन्ती आदिकविको योगदानलाई स्मरण गर्ने दिन मात्र नभएर नेपाली भाषासँगै नेपालमा बोलिने सबै मातृभाषा, साहित्य, संस्कृति र भाषिक सम्पदाको संरक्षण, सम्बर्द्धन र विकासप्रति साझा प्रतिबद्धता नवीकरण गर्ने अवसर भएको बताए । उनले नेपालका सबै भाषा, साहित्य र संस्कृतिको सम्मान, संरक्षण र प्रवर्द्धनका लागि राज्यले प्रभावकारी नीति, पर्याप्त लगानी र दीर्घकालीन कार्यक्रम अघि बढाउन आवश्यक रहेको औँल्याए । साथै आफ्ना भाषा, साहित्य र संस्कृतिको जगेर्ना गर्ने दायित्व सम्बन्धित मातृभाषी समुदायले पनि उत्तिकै जिम्मेवारी, समर्पण र सक्रियताका साथ निर्वाह गर्नुपर्नेमा उनले जोड दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
७ तस्बिरमा हेर्नुहोस् गगन थापाको निवास अगाडि पार्किङ गरिएको गाडी
-
इंग्ल्याण्डको टेस्ट टोलीको मुख्य प्रशिक्षकको दौडमा राहुल द्रविड
-
अमेरिकी आक्रमणको दायरा विस्तार, इरानको भित्री क्षेत्रमा पनि बमबारी तीव्र
-
सुस्ताउँदैछ चीनको आर्थिक वृद्धिदर
-
कनिष्ठ कार्की मुख्यसचिव भएपछि वरिष्ठ सचिवहरू असन्तुष्ट, बिदामा बसे शर्मा
-
२४ घण्टाको अवधिमा विपद्का घटनामा ७ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण