बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

तिलोत्तमाको प्रमुखमा एमालेका चापागाईँले गराए उम्मेदवारी दर्ता

सोमबार, १२ वैशाख २०७९, १५ : ०६
सोमबार, १२ वैशाख २०७९

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एमालेका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । एमालेको तर्फबाट मेयर पदका उम्मेदवार मोहन चापागाईँ र उपमेयरकी उम्मेदवार जागेश्वरी चौधरीले सोमबार मनोनयन दर्ता गराएका हुन् ।

उनीहरुले बाजागाजासहित उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्तापछि  मेयरका उम्मेदवार चापागाईँले समृद्ध तिलोत्तमा बनाउने बताए । उपमेयरमा उम्मेदवारी दिएकी चौधरी तिलोत्तमा नगरपालिकाको उपप्रमुख हुन् । उनले १९ हजार २ सय २४ मत प्राप्त गरी विजयी भएकी थिइन् भने जनमुक्तिकी गिता सारू मगर १६ हजार ६ मत प्राप्त गरी पराजित भएकी थिइन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप