मे १ देखि काठमाडौँ–नारितामा साताको तीन उडान हुने
नेपाल वायुसेवा निगमले काठमाडौँदेखि नारितासम्म सातामा दुईवटा उडान गरिरहेकोमा मे १ गतेदेखि आइतबार, मंगलबार र शुक्रबार गरी साताको तीन उडान सञ्चालन गर्ने भएको छ । उक्त सेक्टरमा जापान सरकारको नियमानुसार आइतबार र मंगलबारको उडानमा जम्मा १४० यात्रुहरू एवं शुक्रबारको उडानमा जम्मा १२० जना यात्रुहरू मात्र बोक्न पाइने हुनाले यात्रु चाप एवं मागको तुलनामा सिट संख्याको उपलब्धता ज्यादै न्यून रहेको निगमले जनाएको छ ।
जहाजको क्षमता भन्दा करिब आधा कम क्षमतामा काठमाडौँ–नारिता यात्रु बोक्न परेको हुनाले स्वाभाविक रूपमा हाल भाडा दर समेत केही महँगो हुन गएको निगमको भनाइ छ । काठमाडौँ–नारिता सेक्टरमा करसहित बिजनेस क्लासमा १ लाख ५२ हजार रुपैयाँ र इकोनोमी क्लासमा १ लाख १९ हजार ७०० रुपैयाँ भाडा दर कायम गरिएको छ ।
तोकिएको मूल्य भन्दा बढी भाडा लिई टिकटहरू बिक्री वितरण गरेको पाइएमा नियमानुसार कारबाही हुने निगमले चेतावनीसमेत दिएको छ । नारिता–काठमाडौँ सेक्टरमा भने जहाज पूर्ण क्षमतामा उडान गरिरहेको प्रवक्ता अर्चना खड्काले जानकारी दिएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
-
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
-
ओझेलमा परेका पर्यटकीय गन्तव्यलाई राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा चिनाउने अभियान सुरु
-
कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण