आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

मस्कको प्रस्ताव स्वीकार्न ट्वीटर सहमत

सोमबार, १२ वैशाख २०७९, १९ : ०९
सोमबार, १२ वैशाख २०७९

अर्बपति एलन मस्कले गरेको प्रस्ताव स्वीकार गर्न ट्वीटरको बोर्ड तयार रहेको बताइएको छ । रोयटर्सले स्रोतलाई हवाला दिँदै बोर्ड बैठकले ट्वीटर किन्ने मस्कको प्रस्ताव स्वीकृत गर्ने निर्णय गरेको उल्लेख गरेको छ ।

यसअघि, मस्कले ट्वीटरलाई आफूमा समाहित गर्न ४३ बिलियन डलरको प्रस्ताव गरेका थिए । टेस्लाका प्रमुख कार्यकारी निर्देशक तथा स्पेस एक्सका अध्यक्ष मस्कले ट्वीटर किन्न आफूले अन्तिम र उत्कृष्ट अफर गरेको बताएका थिए ।

मस्कले ट्वीटरका अध्यक्षलाई पत्र लेख्दै ४३ बिलियन डलर क्यासमा आफूलाई बेच्न भनेका थिए । फोब्र्सका अनुसार विश्वकै धनाड्य मस्कले ट्वीटर आफ्नै रकममा ट्वीटर किन्न लागेका छन् । र, यो डिलमा टेस्ला सामेल छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप