आरोहण अनुमतिबाट ४४ करोड ८० लाख रुपैयाँ राजस्व सङ्कलन
जारी सिजनमा नेपालका २५ वटा हिमाल आरोहणका लागि ८ सय ७६ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार आरोहण अनुमति लिनेमा ७३ देशका नागरिक छन्। आरोहण अनुमतिबाट विभागले ४४ करोड ८० लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ। जारी सिजनमा १ सय ८ समूहका ६ सय ८५ पुरुष र ? सय ९१ महिलाले आरोहण अनुमति पाएका छन् ।
विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहणका लागि ५७ देशका ३७ समूहका ३ सय २ जना (७२ महिला र २३० पुरुष)ले अनुमति लिएका छन् । सगरमाथाबाट मात्र सरकारलाई ३७ करोड ८० लाख रुपैयाँ राजस्व प्राप्त सङ्कलन भएको छ। आरोहणको लागि अनुमति लिनेमा सबैभन्दा बढी सगरमाथा (८८८४.८६ मिटर) आरोहणका लागि छन् । दोश्रोमा लोत्से (८५१६ मिटर) को लागि ११ समूहका १ सय ३ जना, तेस्रोमा अमादब्लम(६८१४ मिटर)का लागि ९ समूहका ९७ जनाले अनुमति लिएका छन्। सगरमाथा आरोहण अनुमति लिन विदेशी नागरिकले प्रतिव्यक्ति ११ हजार अमेरिकी डलर रोयल्टी तिनुपर्ने कानुनी व्यवस्था छ । आजको कारोबार दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण