डोजर प्रयोग गरेर एटिएम मेसिन चोरी, अनि के भयो... ?
भारतको महाराष्ट्रमा डोजर प्रयोग गरेर एउटा एटिएम मेसिन चोरी भएको छ । महाराष्ट्रको सांगली जिल्लाको मिरज तालुकास्थित आगरा चोकमा रहेको एक्सिस बैंकको एटिएम मेसिन चोरी भएको हो । चोरले डोजर ल्याएर एटिएम बुथको ढोका फुटाएको थियो । सो घटना सीसीटिभी क्यामेरामा कैद भएको थियो, जसको फुटेज सार्वजनिक गरिएको छ ।
अधिकारीहरुका अनुसार चोरले एटिएम बुथ फुटाउन ल्याएको डोजर पनि चोरी कै थियो । एउटा पेट्रोल पम्पबाट चोरले डोजर चोरी गरेर ल्याएको अनुसन्धानका क्रममा पत्ता लागेको जनाइएको छ । एटिएम मेसिन चोरी गर्ने क्रममा चोरले डोजर प्रयोग गरेर बुथ नै भत्काएको छ । चोरी भएको बेलामा उक्त मेसिनमा २७ लाख भारु रहेको बताइएको छ ।
सांगली प्रहरीका अनुसार घटनास्थलबाट केही पर एटिएम मेसिनको ‘क्यास बक्स’ भने बरामद भएको छ । चोरले उक्त बाकस फुटाउने प्रयास गरे पनि फुटाउन नसकेपछि छोडेर भागेको प्रहरीको भनाइ छ ।
अधिकारीहरुका अनुसार डोजर प्रयोग गरेर एटिएम मेसिन चोरी भएको भारतमै यो पहिलो पटक हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–सेवाको कर्मचारी बनेर ठगी गर्ने पक्राउ
-
कम्पनीहरूलाई सरकारको राहत : असोजभित्र विवरण बुझाए पुराना जरिवाना मिनाहा
-
गोविन्दबहादुर बटालाले गरे अदालतमा आत्मसमर्पण, डिल्लीबजार कारागार चलान
-
जेनजी आन्दोलनमा फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ
-
स्कुलमा सँगै पढेका साथीले नै अपहरण गरेर मागे २२ लाख फिरौती
-
कहिले खाली हुन्छ पोखरा बसपार्क ? फेरि थपियो समितिको म्याद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण