३० वर्षदेखि शौचालयमा समोसा र खाना बनाएर रेष्टुरेन्ट चलाउने मालिक
शौचालयमा समोसा र अन्य खाजा बनाएको आरोपमा एक रेष्टुरेन्ट बन्द गरिएको छ । अचम्मको कुरा के हो भने रेष्टुरेन्टमा पछिल्लो ३० वर्षदेखि यस्तो काम हुँदै आएको थियो । स्थानीय अधिकारीले सूचना पाएपछि आवासीय भवनमा स्थित यो रेष्टुरेन्टमा छापा मार्यो र गल्ती भेटिएपछि एक्सन लिँदै यो रेष्टुरेन्ट बन्द गरिएको छ । यो घटना साउदी अरबको जेद्दा शहरको हो ।
गल्फ न्युजले स्थानीय मिडियालाई उद्धृत गर्दै साउदी अबरका अधिकारीले हालै जेद्दा शहरमा स्थित एक रेष्टुरेन्ट बन्द गरेको जानकारी दिएका छन् । अनुसन्धानको क्रममा अधिकारीलाई उक्त रेष्टुरेन्टमा करिब ३० वर्षदेखि शौचालयमा समोसा र अन्य खाजा बनाइँदै गरेको थाहा भयो । त्यहाँ काम गरिरहेका श्रमिकसँग कुनै हेल्थ कार्ड पनि थिएन र उनीहरुले रेजिडेन्सी कानुनको पाि उल्लंघन गरिरहेका थिए ।
रेष्टुरेन्टमा किरा र मुसा पनि भेटियोः
रिपोर्टका अनुसार रेष्टुरेन्टले शौचालयमा खाजा र खानाको पनि तयारी गर्दथ्यो । यसका साथै, जेद्दा नगरपालिकाका अधिकारीले अनुसन्धानको क्रममा मासु र पनिरजस्ता खाद्य पदार्थमध्ये केही दुई वर्ष अघि नै एक्सपायर भइसकेको पनि पत्ता लगाए । यतिमात्रै होइन, अधिकारीले त्यहाँ किरा र मुसा पनि पाए ।
नगरपालिकाका अनुसार उसले थुप्रै अवैध रेष्टुरेन्ट सील गरेको छ र एक टनभन्दा बढी खाद्य सामग्री जफत गरेर नष्ट गरेको छ । यसै वर्ष जनवरीमा जेद्दामा एक चर्चित सवर्म रेष्टुरेन्ट पनि बन्द गरिएको थियो ।
सवर्म रेष्टुरेन्टका थुप्रै तस्बिर सोसल मिडियामा मानिसहरुले सेयर गरेका थिए, त्यसमा प्रशासनले कारवाही गर्दै रेष्टुरेन्ट सील गरिएको थियो । साउदीमा समय–समयमा रष्टुरेन्ट–होटलमा यस्ता खालको अनुसन्धान चलिरहन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–सेवाको कर्मचारी बनेर ठगी गर्ने पक्राउ
-
कम्पनीहरूलाई सरकारको राहत : असोजभित्र विवरण बुझाए पुराना जरिवाना मिनाहा
-
गोविन्दबहादुर बटालाले गरे अदालतमा आत्मसमर्पण, डिल्लीबजार कारागार चलान
-
जेनजी आन्दोलनमा फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ
-
स्कुलमा सँगै पढेका साथीले नै अपहरण गरेर मागे २२ लाख फिरौती
-
कहिले खाली हुन्छ पोखरा बसपार्क ? फेरि थपियो समितिको म्याद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण