बागी उम्मेदवारी फिर्ता लिन रसुवा काँग्रेसको निर्देशन
यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बागी उम्मेदवारी दिएकालाई नेपाली काँग्रेस रसुवाले उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । काँग्रेस रसुवाका पार्टी सभापति पेम्बा छिरिङ तामाङले बुधबार विज्ञप्ति जारी गर्दै बागी उम्मेदवारी दिनेलाई फिर्ता लिन निर्देशन दिएका हुन् ।
'स्थानीय तहको निर्वाचनमा रसुवा जिल्लाका काँग्रेस क्रियाशील सदस्यबाट आफ्नो पार्टीविरुद्ध विभिन्न स्थानमा बागी उम्मेदवारी दिएको सुन्नमा आएकाले समय अवधिभित्र बागी उम्मेदवार फिर्ता लिई पार्टीको उम्मेदवारलाई विजय गराउन सहयोग गराउन काँग्रेस रसुवा अपिल गर्दछौं,' पार्टी सभापति पेम्बा छिरिङ तामाङले निकालेको विज्ञप्तिमा भनिएको छ ।
उम्मेदवारी फिर्ता नलिए काँग्रेसको विधान अनुसार स्वतः साधारण सदस्य समेत नरहने गरी कारबाही हुनेसमेत उनले बताए । जिल्लामा काँग्रेसबाट पालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षमा बागी उम्मेदवारी परेको छ ।
त्यसैगरि पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध सामाजिक सञ्जालमा प्रचार गर्ने, भ्रम सिर्जना गर्ने काम भइरहेकाले तुरुन्तै रोक्नसमेत तामाङले विज्ञप्तिमार्फत सबैमा अनुरोध गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण