सातामा दुई दिन विदा दिँदा उत्पादकत्वमा ह्रास आउने दाबी
इन्धनको खपत घटाउन सरकारले सातामा दुई दिन विदा दिने निर्णय गरेसँगै सेवा प्रवाह र उत्पादकत्वमा थप प्रभाव पार्ने अर्थविद्हरूले बताएका छन् । संकटको बेलमा बढी काम गरेर आम्दानी बढाउने कि बढी विदा दिएर खर्च जोगाउने भन्ने द्विविधामा सरकार फसेको उनीहरूको तर्क छ।
संसारका धेरै मुलुकमा दुई दिन विदा दिने चलन भए पनि उत्पादकत्व करिव नकारात्मक भएको तथा सेवा प्रवाहको क्षेत्रमा अत्यन्तै पछाडि रहेको मुलुकमा विदा थप्दा त्यसले विभिन्न क्षेत्रमा नकारात्मक असर गर्ने उनीहरुको तर्क छ।
विश्वव्यापी मान्यताअनुसार हप्तामा ४० घण्टा काम गर्ने चलन छ। तर, त्यस्ता देशमा घण्टाको हिसावमा काम हुन्छ । त्यहाँको सेवा प्रवाह चुस्तदुरुस्त छ भने अधिकांश काम अनलाइनको माध्यमबाट नै सञ्चालन हुन्छ । साथै एक ठाउँको नागरिकलाई अर्को ठाउँमा पुग्न र सरकारी सेवा उपभोग गर्न कुनै कठिनाइ हुँदैन । तर, नेपाल सेवा प्रवाह र उत्पादकत्वको क्षेत्रमा पछाडि रहेका कारण यसले सकारात्मक भन्दा पनि नकारात्मक असर बढी पार्ने विज्ञहरुको तर्क छ।
सरकारले इन्धन खपत घटाउन भनेर विदा दिए पनि सम्छामा खपतमा कुनै असर नगर्ने अर्थविद् रामेश्वर खनाल बताउँछन् । दुई दिनको सरकारी विदाले सरकारी इन्धनको खपत घटाउने भए पनि समष्टिगत इन्धनको खपत झनै बढाउने उनको तर्क छ। दुई दिन छुट्टी हुनेवित्तिकै मानिसहरू पुम्न निस्किन्छन् । त्यसले इन्धनको खपतलाई झनै बढाउँछ,ु उनले भने । यो समाचार कारोबार दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण