गभर्नरमाथिको मुद्दाको सुनुवाइ हुँदै
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गर्नुभएको रिट निवेदनको सुनुवाइ आज हुँदैछ । बिहीबार सुनुवाइ नसकिएपछि शुक्रवारका लागि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो । न्यायाधीशहरू सपना प्रधान मल्ल र टंकप्रसाद मोक्तानको संयुक्त इजलासमा सुनुवाइ प्रारम्भ भएपनि समय अभावका कारण बिहीबारका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।
गभर्नर अधिकारीले बिना कारण आफूमाथि छानबिन समिति गठन गरिएको भन्दै गत वैशाख ४ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । गत वर्षको चैत्र २५ गते बसेको मन्त्रिपरिषद्ले गभर्नर अधिकारीमाथि छानबिन गर्न जाँचबुझ समिति गठन गर्ने निर्णय गरेसँगै उहाँ निलम्बनमा परेका थिए । न्यायाधीश हरिप्रसाद फुयाँलको वैशाख ६ गतेको एकल इजलासले जाँचबुझ समिति गठन गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएसँगै गभर्नर अधिकारी काममा फर्किनुभएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्व एसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण