सप्तरीमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु
शुक्रबार, १६ वैशाख २०७९, २१ : ५१
सप्तरीको अग्नीसाइर कृष्णसवरन गाउँपालिकामा आज हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । हात्तीले अग्नीसाइर कृष्णसवरन गाउँपालिका–१ स्थित कैली खोला नजिक आक्रमण गर्दा अग्नीसाइर कृष्णसवरन गाउँपालिका–६ की ५३ वर्षीय कृष्णमाया नेपालीको मृत्यु भएको डिभिजन वन कार्यालय सप्तरीका रेञ्जर लक्ष्मण साफीले बताए ।
दाउरा काट्न गएकी नेपालीलाई कोशी टप्पु वन्य जन्तु आरक्षबाट आएको हात्तीले आक्रमण गरेको गाउँलेले बताएका छन् । घाँस काट्दै गरेकी उनकी साथी भागेर ज्यान जोगाएकी र दाउरा काटिरहेकी कैली भाग्न नसक्दा हात्तीले कुल्चेर मृत्यु भएको स्थानीय बाबुराम बस्नेतले जानकारी दिए । मोहनपुरस्थित सुकुम्वासी टोलमा बसोबास गर्ने सुकुम्वासी कैलीका श्रीमान्, छोरा र बुहारी छन् । शव पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण