आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

जसपालाई राप्रपा र जनता पार्टीको समर्थन

शनिबार, १७ वैशाख २०७९, ०५ : ५८
शनिबार, १७ वैशाख २०७९

औरही गाउँपालिकामा राष्ट्रिय प्रजातान्त्रिक पार्टीबाट अध्यक्षका उम्मेदवार सुकदेव यादव नेपाल जनता पार्टीबाट अध्यक्षका उम्मेदवार रामविलास यादवले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

उनीहरूले आफ्नो उम्मेदवारी फिर्ता लिई जनता समाजवादी पार्टी नेपालबाट औरही गाउँपालिका अध्यक्ष बनेका शिवजी यादवलाई समर्थन जनाएका छन् । दुवै जना जसपाको गाउँपालिका कार्यालयमा गएर शिवजी यादवलाई समर्थन जनाएका हुन् । जसपाका गाउँपालिका समितिका अध्यक्ष समेत रहेका शिवजी यादवका अनुसार राप्रपा र नेपाल जनता पार्टीसँग आज छलफल भए पश्चात् उम्मेदवारी फिर्ता लिएर आफूलाई समर्थन गरेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप