नेपाल र जिम्बावे‘ए’ बीचको खेल प्रभावित
शनिबार, १७ वैशाख २०७९, ०९ : ४९

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (शनिबार) जिम्बावे ‘ए’सँग प्रतिस्पर्धा गर्नेछ । त्रिवि क्रिकेट मैदानमा ९ः३० बजे सुरु हुने भनिएको खेल वर्षाले गर्दा प्रभावित बनेको छ । खेल टस हुनु अगावै भारी वर्षा भएपछि रोकिएको हो ।
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–टू को तयारी स्वरूप नेपालले जिम्बावे ‘ए’ सँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल आजको खेलमा सहज जित निकाल्दै सिरिजमा सुखद सुरुवात गर्ने योजनामा छ । जिम्बावे ‘ए’ पनि बलियो टोली हो । जिम्बावे ‘ए’ पनि नेपाललाई हराएर सिरिजमा विजयी सुरुआत गर्न चाहन्छ । नेपालले तीन वर्ष अघि सिंगापुरमा जिम्बावेविरुद्ध खेलेको थियो । त्रिकोणात्मक टी–ट्वान्टी सिरिज अन्तर्गत दुवै खेलमा नेपाल पराजित भएको थियो । एकदिवसीय सिरिज अन्तर्गतको दोस्रो खेल सोमबार र तेस्रो खेल बुधबार हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविविरुद्ध उजुरी नदिएको भन्दै एकपछि अर्को गर्दै बोल्न थाले बचतकर्ता
-
ओमोडा एन्ड जेइकोलेको ‘स्विच एन्ड ड्राइभ प्रि-बजेट एक्सचेन्ज अफर’ सार्वजनिक, चीन भ्रमणकाे मौका
-
शिक्षामा कम्तीमा २० प्रतिशत लगानी, कसरी सम्भव छ ?
-
लुम्बिनी प्रदेश सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
चितवनको रत्ननगरमा बस दुर्घटना, १५ जना घाइते
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य