ऊर्जा सङ्कट : भारतमा कोइला बोक्ने रेललाई बाटो खुलाउन यात्रुवाहक रेलसेवा बन्द
भारतको केन्द्र सरकारले कोइलालाई देशका कुना कुना छिटो पुर्याउन यात्रुबाहक रेलसेवा नै अवरुद्ध गरेको छ। भारतका सरकारी अधिकारी वर्षौँ यताको ठुलो ऊर्जा सङ्कटको असर आम जीवनमा पर्न नदिन सक्रिय भएका छन् ।
भारतमा उपभोग हुने कोइलामध्ये ८० प्रतिशत कोइला उत्पादन गरिरहेको ‘कोयल इण्डिया’ले अप्रिल महिनामा कोइला उत्खनन २७.२ प्रतिशतले बढाएको केन्द्रीय कोइला मन्त्रीले बताए। कोइला उत्पादन गरेपछि तिनलाई आवश्यक ठाउँमा पुर्याउनु पनि पर्छ । यसैलाई मध्यनजर गरेर भारतीय रेल सेवाका ७५३ यात्रुवाहक रेललाई रोकेको केन्द्रीय सरकारले जानकारी दिएको छ।
भारतको केन्द्र सरकारले राज्य सरकारलाई आगामी तीन वर्षसम्म कोइला आयात वृद्धि गर्न आह्वान गरेको छ। यसले पनि भारतको ऊर्जा सङ्कटको गम्भीरतालाई व्यक्त गरेको समाचार एजेन्सी रोयटर्सले लेखेको छ। भारतमा चालिस वर्ष यतिकै सबैभन्दा तीव्र गतिमा बिजुलीको माग बढिरहँदा कोइलाको भण्डारण भने नौ वर्षयताकै सबैभन्दा न्यून स्तरमा झरेको छ।
‘सरकार अहिले थर्मल पावर प्लान्टमा देखिएको कोइलाको अभूतपूर्व अभावलाई पूर्ति गर्ने प्रयास गरिरहेको छ । यसैलाई मध्यनजर गरेर यात्रुवाहक रेल सेवा रोकिएका हो ,’ ऊर्जा मन्त्रालयको एक वक्तव्यमा भनेको छ। यात्रुवाहक रेल कति समयसम्म अवरुद्ध रहनेछ र रेलको प्रयोग गर्नेहरूका लागि के विकल्प प्रस्तुत गरिएको छ भन्नेबारे भने सरकारले केही बताएको छैन।
भारतमा उत्पादन हुने कुल बिजुलीमध्ये ७५ प्रतिशत कोइला प्रयोग गर्ने थर्मल पावर प्लान्टबाट आउँछ। बिहीबार भारतीय रेल सेवाका ४२७ अलग रेलहरूमा कोइला लोड गरेको भारतीय सरकारले जानकारी गरायो। जुन आवश्यकभन्दा कम हो। अहिले दैनिक ४५३ कोइला बोक्ने रेलको आवश्यकता रहेको विज्ञले बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण