आईजीपी थापासहित १९ उच्च प्रहरी अधिकारी आइतबारदेखि अवकाशमा
नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीसहित १९ जना उच्च प्रहरी अधिकारीले आइतबारबाट अनिवार्य अवकाश पाएका छन् । ३० वर्षे सेवाहदका कारण आइतबारदेखि अवकाश पाएका हुन् । १९ वैशाख २०४९ बाट प्रहरी सेवा सुरु गरेका आईजीपी क्षेत्रीसहित १९ जना प्रहरीको ३० वर्षे सेवाअवधि आइतबारबाट सकिएको छ ।
अवकास पाउनेहरूमा चारजना अतिरिक्त महानिरीक्षक (एआईजीप) हरू हरिबहादुर पाल, निरजबहादुर शाही, प्रद्युम्नकुमार कार्की र वसन्तकुमार पन्त छन् । त्यस्तै ११ जना डीआईजी घनश्याम अर्याल, ईश्वरबाबु कार्की, प्रकाशजंग कार्की, शौरभ राणा, राजेन्द्रप्रसाद चौधरी, गणेशबहादुर ऐर, पुरुषोत्तम कँडेल, डा. देवबहादुर बोहरा, रामकृपाल साह, उमेश रन्जितकार र प्रकाश अधिकारीले आइतबारबाट अनिवार्य अवकाश पाएका हुन् ।
तीनजना एसएसपीहरूले पनि आइतबारबाट अनिवार्य अवकाश पाएका छन् । जसमा वीरेन्द्र बस्याल, प्रदीपकुमार श्रेष्ठ र नवराज भट्ट रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण