माओवादीले चुनाव जिते राजपुरको मुहार फेरिन्छ : महरा
नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले दाङको राजपुर गाउँपालिका माओवादीले जितेमा मुहारै फेरिने बताएका छन्। आइतबार बिहान १० बजे महरा चुनावी प्रचार गर्न राजपुर पुगेर विकट पालिकालाई समृद्धि माओवादीले मात्रै बनाउने दाबी गरे।
चुनावी टोल भेलालाई सम्बोधन गर्दै राजपुरको विकास माओवादी बाहेक अरुले गर्न नसक्ने महराले बताए।‘माओवादी परिवर्तनको बहाक भयो। अब विकास र समृद्धिको पहरेदार बन्ने छ। त्यसैले व्यवस्था फेरियौ अवस्था फेर्न माओवादीलाई भोट भनेर नारा नै बनाएका छौ’ महराले भने,‘राजपुरको विकास गर्न माओवादीलाई भोट दिनुस् इमान्दार नेता उठ्नु भएको छ।’ माओवादीका उम्मेदवार चक्रबहादुर खड्का‘शिखर’चुनाव जिताएमा राजपुरको सम्बन्ध सिंधै काठमाडौंसंग जोडिने महराले दाबी गरे।
‘अहिलेसम्म राजपुरको सम्बन्ध काठमाडौंसंग कहिलै जोडिएन। त्यसैले जहिलै दाङको विकट पालिका भई नै रहयो’ महराले भने,‘यस पटक शिखर कमरेडलाई जिताउनुभयो भने राजपुरको सम्बन्ध काठमाडौसँग जोडिने छ।’ युद्धकालको चर्चा गर्दै महराले जनयुद्धभरी भारत जाँदा राजपुरको क्षेत्र भएर आउँने जाने गरेको बताए।
‘राजपुर माओवादीको आधार इलाका हो। माओवादी भारत जाने आउँने प्रवेशद्धवार थियोे’ महराले भने,‘तर, चुनाव जहिलै काँग्रेसले जित्ने भयो अब चुनावी परिणाम फेरिन्छ ढुक्क हुनुहोस्।’ महराले पुराना कम्युनिस्ट नेताहरुलाई भेटेर चुनावमा सघाउन आग्रह गरेका छन्। महराले राजपुरको गङ्दी, सालभौरी, जंग्रहवा, नौसरा, दुलैया, खरदरिया वेलामा पुगेर टोल भेलालाई सम्बोधन गरेका थिए। महरा चुनाव अवधिभर दाङ र रोल्पाका स्थानीय चुनावी प्रचारमा जुट्ने भएका छन्। वैशाख ३० गते भोट हालेर मात्रै महरा काठमाडौं फर्किने भएका छन्। माओवादीबाट अध्यक्षमा खड्का र उपाध्यक्षमा पुष्पा यादव उठेकी छिन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण