आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

सिरहामा उम्मेदवारलाई गरी लक्षित बम विष्फोट र गोली प्रहार

शुक्रबार, १५ मङ्सिर २०७४, १० : १९
शुक्रबार, १५ मङ्सिर २०७४

सिरहा– प्रतिनिधिसभा सिरहा क्षेत्र नं. २ वाम गठबन्धनबाट (माओवादी केन्द्र) कातर्फबाट उम्मेदवार बनेका सुरेशचन्द्र दास यादवको औरहीस्थित घरको करेसाबारीमा शक्तिशाली बम विष्फोट भएको  छ । 

भारतसँग सीमा जोडिएको औरही गाउँपालिका ५ स्थित घरको पछाडिपट्टि करेसाबारीको पर्खालमा बम विष्फोट भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजन भेटवालका अनुसार विष्फोटबाट पर्खालमा सामान्य क्षति भएकोे छ । विष्फोटस्थलमा प्रेसरकुकर वमको रिमोट भेटिएको प्रहरी नायव उपरीक्षक भेटवालले बताए ।

 प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ । 

औरही गाउँपालिकाका अध्यक्ष तथा सुरेशका भतिज सिद्धार्थ यादवका अनुसार विष्फोटको समयमा उम्मेदवार यादव घरमा थिएनन् । वि.सं. २०४८, ०५१ को आम निर्वाचनमा तत्कालिन सिरहा क्षेत्र नं. ३ बाट सांसद जितेका यादव काङ्ग्रेस परित्याग गरी माओवादी केन्द्रबाट उम्मेदवार बनेका हुन् । 

त्यस्तै, संघीय समाजवादी फोरम नेपालबाट सिरहा क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका राजलाल यादव चढेको जिपलाई लक्षित गरी बिहीबार राती नै गोली प्रहार भएको छ ।

चुनाव प्रचार प्रसार सकेर नौ बजेतिर भगवानपुर गाउँपालिका ३ स्थित घर फर्किने क्रममा गाउँ प्रवेश गर्नु अगावै जीपको पछाडिपट्टिबाट गोली प्रहार भएको हो ।

इलाका प्रहरी कार्यालय लाहानले गोली प्रहारबाट जीपको पछाडिको सिसा फुटेको भएपनि जिपमा रहेका यादवसहित कसैलाई केही नभएको जनाएको छ । जिपमा गोली गोली प्रहार भएपछि तत्काल सशस्त्र र नेपाल प्रहरीको टोलीले उद्धार गरी सकुशल घरसम्म पुर्याएको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रामभरोसी यादव
रामभरोसी यादव

रामभरोसी यादव रातोपाटीका सिरहा संवाददाता हुन् ।

लेखकबाट थप