शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

गाउँघरमा बढ्यो निर्वाचनको चहलपहल

आइतबार, १८ वैशाख २०७९, १८ : ३८
आइतबार, १८ वैशाख २०७९

निर्वाचनको सरगर्मी बढेसँगै गाउँघरमा मानिसको चहलपहल बढेको छ । निर्वाचनमा खट्ने क्रममा नेता तथा कार्यकर्ताका कारण बजारसँगै ग्रामीण क्षेत्रमा चहलपहलसमेत बढेको स्थानीयवासीले बताएका छन् । 

स्थानीय व्यापारीका अनुसार निर्वाचनको उमेम्दवार चयन भएपछि झनै व्यापार व्यवसायमा वृद्धि भएको छ । निर्वाचनले खास गरेर होटल व्यवसाय उत्साहित देखिएका छन् । स्थानीय व्यापारी रमेश तामाङले भने, “निर्वाचनको घोषणा भएपछि मानिसको चहलपहल बढेको छ । निर्वाचनका गतिविधिका कारण व्यापार व्यवसायमासमेत वृद्धि भएको छ । जनता तथा नेताहरूले निर्वाचनलाई उत्सवको रूपमा लिएका छन् ।”

विभिन्न ठाउँमा चुनाव केन्द्रित गतिविधि बढेपछि बजार मूल्यसमेत वृद्धि भएको छ । विषेश गरेर सहरी क्षेत्रका चोकमा मानिसको बाक्लो उपस्थित देखिएको छ । निर्वाचनका कारण बजारमा तरकारी, मासु तथा खाद्य बस्तुको व्यापार बढेको स्थानीय व्यापारीको भनाइ छ । भोजपुर बोखिमका स्थानीय किसान धनबहादुर थापाले भने, “निर्वाचनका कारण हामीजस्ता किसानलाईसमेत बेचबिखन गर्न सजिलो भएको छ । विगतमा भन्दा बजारमा तरकारीको माग बढी छ ।”

त्यस्तै छापाखाना, प्रेसलगायत क्षेत्रमासमेत निर्वाचनले प्रभाव पारेको छ । उम्मेदवार निर्वाचनको प्रचार सामग्री बनाउन आउने भएकोले छापाखाना सञ्चालन खुसी देखिएका छन् । त्यस्तै सहर केन्द्रित भएर बसेका नेता तथा कार्यकर्ता भोट माग्नका लागि गाउँतिर पसेका कारण ग्रामीण भेगमासमेत निर्वाचनको प्रभाव देखिएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप