गाउँघरमा बढ्यो निर्वाचनको चहलपहल
निर्वाचनको सरगर्मी बढेसँगै गाउँघरमा मानिसको चहलपहल बढेको छ । निर्वाचनमा खट्ने क्रममा नेता तथा कार्यकर्ताका कारण बजारसँगै ग्रामीण क्षेत्रमा चहलपहलसमेत बढेको स्थानीयवासीले बताएका छन् ।
स्थानीय व्यापारीका अनुसार निर्वाचनको उमेम्दवार चयन भएपछि झनै व्यापार व्यवसायमा वृद्धि भएको छ । निर्वाचनले खास गरेर होटल व्यवसाय उत्साहित देखिएका छन् । स्थानीय व्यापारी रमेश तामाङले भने, “निर्वाचनको घोषणा भएपछि मानिसको चहलपहल बढेको छ । निर्वाचनका गतिविधिका कारण व्यापार व्यवसायमासमेत वृद्धि भएको छ । जनता तथा नेताहरूले निर्वाचनलाई उत्सवको रूपमा लिएका छन् ।”
विभिन्न ठाउँमा चुनाव केन्द्रित गतिविधि बढेपछि बजार मूल्यसमेत वृद्धि भएको छ । विषेश गरेर सहरी क्षेत्रका चोकमा मानिसको बाक्लो उपस्थित देखिएको छ । निर्वाचनका कारण बजारमा तरकारी, मासु तथा खाद्य बस्तुको व्यापार बढेको स्थानीय व्यापारीको भनाइ छ । भोजपुर बोखिमका स्थानीय किसान धनबहादुर थापाले भने, “निर्वाचनका कारण हामीजस्ता किसानलाईसमेत बेचबिखन गर्न सजिलो भएको छ । विगतमा भन्दा बजारमा तरकारीको माग बढी छ ।”
त्यस्तै छापाखाना, प्रेसलगायत क्षेत्रमासमेत निर्वाचनले प्रभाव पारेको छ । उम्मेदवार निर्वाचनको प्रचार सामग्री बनाउन आउने भएकोले छापाखाना सञ्चालन खुसी देखिएका छन् । त्यस्तै सहर केन्द्रित भएर बसेका नेता तथा कार्यकर्ता भोट माग्नका लागि गाउँतिर पसेका कारण ग्रामीण भेगमासमेत निर्वाचनको प्रभाव देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण