युक्रेनी विदेशमन्त्रीले भने - कीभको सुरक्षा ग्यारेन्टीबारे अध्ययन भइरहेको छ
युक्रेनका विदेशमन्त्री दिमिट्रो कुलेबाले कीभले चीनलगायत संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्का सदस्यहरूबाट सुरक्षा ग्यारेन्टी प्राप्त गर्ने सम्भावनाको अध्ययन गरिरहेको बताएका छन्। चीनको सरकारी स्वामित्वको सिन्ह्वा समाचार एजेन्सीसँगको अन्तर्वार्तामा कुलेबाले सुरक्षा आश्वासनसम्बन्धी बुडापेस्ट ज्ञापनपत्र युक्रेनलाई वास्तविक सुरक्षाको ग्यारेन्टी गर्न असफल भएको बताए।
कुलेबाका अनुसार रुसले युक्रेनबाट आफ्ना सेना फिर्ता गरेपछि युरोपको सुरक्षामा सुधार हुनेछ । युक्रेनी विदेशमन्त्रीले सिन्ह्वालाई बताएअनुसार कीभले अब युएनएससीका स्थायी सदस्यहरू र चीनलगायत अन्य प्रमुख शक्तिहरूबाट सुरक्षा ग्यारेन्टीहरू प्राप्त गर्ने सम्भावनाहरू खोजिरहेको छ र बेइजिङलाई युक्रेनको सुरक्षा ग्यारेन्टरहरू मध्ये एक बन्न प्रस्ताव गरिरहेको छ। उनले थपे बेइजिङले युक्रेनमा युद्धविरामको पहल गर्न रुसलाई आह्वान गर्ने कीभले आशा राखेको छ ।
रुसले गत फेब्रुअरी २४ मा युक्रेनमा आफ्नो विशेष सैन्य कारबाही शुरु गरेको हो । रुसले आफ्नो विशेष अपरेशनको उद्देश्य युक्रेनलाई निशस्त्रीकरण गर्नु रहेको बताएको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनका जनतालाई जोगाउने लक्ष्य रहेको बताएका थिए, "जो आठ वर्षदेखि कीभ शासनद्वारा दुर्व्यवहार र नरसंहारको सिकार भएका छन्।" त्यस्ता दाबीको खण्डन गर्दै पश्चिमी देशहरूले रुसमाथि कडा प्रतिबन्ध लगाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण