सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

पर्वतको मोदी र चित्रेमा गठबन्धनको चुनावी रौनक (फोटोफिचर)

सोमबार, १९ वैशाख २०७९, १६ : १२
सोमबार, १९ वैशाख २०७९

संयुक्त गठबन्धनको तर्फबाट निर्वाचनमा होमिएका नेपाली कांँग्रेस, नेकपा माओवादी केन्द्र लगायतका सत्तारूढ दलहरूको गठबन्धनले पर्वतको मोदी गाउँपालिकामा चुनावी अभियान तीव्र पारेको छ । वैशाख १७ गते औपचारिक रूपमा सुरुवात गरिएको चुनावी कार्यक्रममा गठबन्धनका साझा उम्मेदवार र पार्टीका नेताहरूले आफ्नो साझा प्रतिवद्धतासहित चुनावी अभियानलाई तीव्रता दिएका हुन् ।​ 

मोदीमा गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका गुप्तबहादुर हमाल र उपाध्यक्षमा काँग्रेसका रामबहादुर प्रसाईले संयुक्त उम्मेदवारी दिएका छन् । वैशाख १७ गते पातीचौर बजारमा एक ¥यालीको आयोजना गरी गठबन्धनले चुनावी अभियानको थालनी गरेको थियो । उक्त ¥यालीमा काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलका सयौं नेता–कार्यकर्ता सहभागी थिए। चुनावी कार्यक्रमलाई अध्यक्षका उम्मेदवार हमाल, उपाध्यक्षका उम्मेदवार प्रसाईसहितका नेताहरूले सम्बोधन गरेका थिए । त्यसैगरी गठबन्धनले आइतबार मोदीको राम्जामा घरदैलोसहित चुनावी कोणसभा सम्पन्न गरेको छ । घरदैलोमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षका उम्मेदवारका साथै वडा नं.–७ को वडा अध्यक्षका प्रत्यासी नारायण गौतम लगायत वडा सदस्यका उम्मेदवारहरू सहभागी थिए ।

आइतबार नै गठबन्धनका उम्मेदवारहरूले मोदीमा जन्मिएर पोखरामा बसोबास गर्ने पोखराबासीसँग अन्तरक्रिया गरे । अन्तरक्रियामा बुद्धिजीवी, सामाजिक अगुवा लगायतका व्यक्तित्वहरू सहभागी थिए। कार्यक्रममा सहभागीहरूले मोदी गाउँपालिकाले असल, कुशल र हेभीवेटका उम्मेदवारहरू पाएको भन्दै यसपटक गठबन्धनलाई जिताउने प्रतिवद्धता व्यक्त गरेका थिए । संयुक्त गठबन्धनले सोमबार मोदीको चित्रेमा घरदैलो र चुनावी कोणसभा गरेको छ । सभामा अध्यक्षका उम्मेदवार हमाल, उपाध्यक्षका उम्मेदवार प्रसाई, माओवादी केन्द्रका नेताहरू सुदीप कुंवर, मनहरि तिमिल्सिना, उमाकान्त भुर्तेल लगायतका नेताहरू सहभागी थिए । चुनावी कार्यक्रममा गठबन्धनका उम्मेदवारहरूले स्मार्ट मोदीको अवधारणा अघि सारेका छन् । संयुक्त गठबन्धनले साझा प्रतिवद्धतापत्र जारी गर्दै एक वडा, एक रोजगार केन्द्र, सरकारी विद्यालयका विद्यार्थीलाई निःशुल्क स्वास्थ्य परीक्षण, घुम्ती एम्बुलेन्स सेवा, जेष्ठ नागरिक र अपांगहरूका लागि घरमै पुगेर स्वास्थ्य परीक्षणको व्यवस्था, मालपोत, विद्युत्, पानी लगायतको दस्तुर घरबाटै भुक्तानी गर्न सकिने व्यवस्था, वडा केन्द्रसम्म जाने सबै सडकहरूको स्तरोन्नति र कालोपत्रे, एक घर एक धारा लगायतका अवधारणा अघि सारेको छ ।

त्यसैगरी सामाजिक सुरक्षा भत्ता घरमै उपलब्ध गराउने व्यवस्था, अत्याधुनिक अस्पताल निर्माण, कृषिमा मल, बिउ र सिँचाइमा विशेष अनुदान, चिस्यान केन्द्र, दूग्ध संकलन केन्द्र, तरकारी तथा फलफूल बजार, व्यवसायीसँगको सहकार्यमा सुपथ डिपार्टमेन्टल स्टोर लगायतको प्रतिवद्धता जाहेर गरेको छ । मोदीका सबै गाउँहरूमा होमस्टेको स्तरवृद्धि, बहुसांस्कृतिक संग्रहालय निर्माण, सबै सरकारी विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ हुने व्यवस्था, गाउँपालिकालाई ढुंगाखानीको गाउँपालिकाका रूपमा स्थापित गर्ने लगायतका विषयहरू प्रतिवद्धतामा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप