श्रम सम्झौतामा शून्य लागतलाई प्राथमिकता
सरकारले वैदेशिक रोजगारीका लागि तोकेका नयाँ तथा पुराना श्रम गन्तव्यसँग श्रम सम्झौता र परिमार्जन गरी खस्किँदो वैदेशिक रोजगारलाई प्रवर्द्धन गर्ने अभियान थालेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कतार, युएई साउदी अरब, मलेसिया लगायतका श्रम गन्तव्यसँग गरिएको सम्झौतालाई परिमार्जन र केही नयाँ गन्तव्यसँग नयाँ सम्झौता गर्ने तयारी गरेको हो।
श्रममन्त्री कृष्णाकुमार श्रेष्ठले हालै खाडीका प्रमुख श्रम गन्तव्य, सेसेल्स र मलेसियाको भ्रमण गरी श्रम सम्झौता गर्ने तयारी थालेका छन् । नेपालबाट हाल व्यावसायिक रूपमा ११० र व्यक्तिगत सहित १७० भन्दा बढी देशमा रोजगारीमा जान श्रम स्वीकृति जारी हुँदै आएको छ । मलेसियाको श्रम बजारको आवश्यकताबमोजिम नेपाली युवाहरूलाई सीपयुक्त बनाई थप रोजगारीका अवसरहरू प्रदान गर्ने, रोजगारीको लागि युवाहरूको छनौट तथा नियुक्तिमा शून्य लागत सहितको स्वच्छ नियुक्तिको सिद्धान्तलाई थप प्रभावकारी बनाउने विषयलाई प्राथमिकतामा राखिएको छ । आजको कारोबार दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
-
सुकुमबासीको व्यवस्थापनमा राज्य असक्षम देखियो : सचेतक धिताल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण