यसकारण भइरहेछ मनसुनको झल्को दिने गरी वर्षा
सक्रिय पूर्वमनसुनका कारण आइतबार रातिदेखि मनसुनको झल्को दिने गरी वर्षा भएको छ । नेपालमा तीन थरी जलवाष्पयुक्त वायुको प्रभाव परेकाले मनसुनको जस्तै वर्षा भएको हो । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेअनुसार यति बेला नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालसम्म फैलिएको न्यून चापीय प्रणाली र पश्चिमी वायुसहितको वर्षा गराउने प्रणाली सक्रिय छ ।
तेहेरो मौसमी प्रणालीको प्रभावका कारण आगामी केही दिन वर्षा निरन्तरजस्तै रहने महाशाखाले जनाएको छ । मौसमविद् समीर श्रेष्ठले भने, “सोमबार रातभर देशका धेरैजसो स्थानमा वर्षाको क्रम जारी छ, मङ्गलबार बिहान घाम झुल्के पनि दिउँसो फेरि वर्षा निरन्तर हुने सम्भावना छ ।”यस अवधिमा देशव्यापी रूपमा सामान्य बदली हुनेछ । मङ्गलबार लुम्बिनी प्रदेशका अधिकांश भूभाग, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भेग छोएका सबैजसो भूभागमा मेघ गर्जनसहित वर्षा हुने सम्भावना छ । बुधबारदेखि भने मौसममा हल्का सुधार आउनेछ । तथापि जलवाष्पयुक्त वायुको आगमन निरन्तर रहेको खण्डमा थोरै भेगमा मौसम बदली र वर्षाको सम्भावना कायमै रहने महाशाखाले जनाएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण