मनाइयो अक्षय तृतीया
वैशाख शुक्ल तृतीयाका दिन आज दान, होम, जप, तप गरी अक्षय तृतीया पर्व मनाइएको छ । आजका दिन गरिएको दान, होम, जप, तपको फल अक्षय अर्थात् कहिल्यै नष्ट नहुने भएकाले वैशाख शुक्ल तृतीयाको दिनलाई अक्षय तृतीया भनिएको हो ।
जौको सातुमा गुड, चिनी, घीउ, दही र सक्खर मिसाएर सर्वत् बनाई ब्राह्मणलाई दान गरे कहिल्यै नाश नहुने अक्षय फल पाइने धार्मिक विश्वास छ । दान गरेपछि सवपरिवार सर्वत् र सातु खाएर यो पर्व मनाइन्छ । आजका दिन विवाह आदि शुभकामका लागि साइत हेर्नु नपर्ने मान्यता छ । शिव र पार्वतीको विवाह पनि सत्ययुगमा वैशाख शुक्ल तृतीयाकै दिन भएको विभिन्न ग्रन्थमा उल्लेख छ ।
मत्स्य, भविष्यलगायत पुराणग्रन्थमा आजका दिन गरिएको कर्म फलदायी हुने बताइएको छ । यसै दिन त्रेता युगको सुरुवात् भएको मानिन्छ । अक्षय तृतीयाकै दिन भगवान् विष्णुको सातौँ अवतारका रुपमा परशुरामको जन्म जमदग्नि र रेणुकाको सुपुत्रका रुपमा भएको थियो । परशुरामले नकारात्मक शक्तिको नाश गरी सात्विक गुणको प्रसार गर्नुभएको थियो । यसैले आजको दिनलाई परशुरामजयन्ती भनी मनाउने चलन पनि छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभा बैठक आइतबारसम्म स्थगित
-
आपसी सहकार्यलाई अझ सुदृढ बनाउँदै लैजानुपर्छ : प्रधानन्यायाधीश श्रेष्ठ
-
प्रधानमन्त्रीले छलफलका लागि कांग्रेसका नेताहरूलाई बोलाए
-
बानेश्वरमा राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठक
-
सुर्खेत गोलीकाण्डका मुख्य अभियुक्त गिरी पक्राउ
-
न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमन चयन कायम हुन्छ : राष्ट्रपति पौडेल