आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

अब यस्ता प्रयोगकर्ताले ट्विटर चलाउन पैसा तिर्नुपर्ने

बुधबार, २१ वैशाख २०७९, ०९ : ४६
बुधबार, २१ वैशाख २०७९

अहिलेसम्म मानिसहरूले ट्विटर प्रयोग गर्न कुनै प्रकारको पैसा तिर्नुपर्दैन । तर, भविष्यमा ट्विटरका लागि पैसा तिर्नुपर्ने हुन सक्छ ।

यो जानकारी माइक्रोब्लगिङ साइट ट्विटर किनेका एलन मस्कले दिएका हुन् ।

उनले ट्वीटरमा भने, ‘ट्विटर सधैं सामान्य प्रयोगकर्ताहरूको लागि निःशुल्क हुनेछ तर त्यहाँ व्यावसायिक र सरकारी प्रयोगको लागि केही शुल्क लाग्न सक्छ ।’

यस्तो अवस्थामा सरकारी वा व्यापारिक कम्पनी वा संस्थाले ट्विटरको सेवा लिएमा केही रकम तिर्नुपर्ने हुनसक्छ ।

एलन मस्कले ट्विटरमा परिवर्तनको बारेमा पहिले नै संकेत गरिसकेका छन् । उनले ट्वीटरमा एडिट बटन दिएको पनि बताए । उनले ट्विटरको व्यवस्थापन पनि परिवर्तन गर्न सक्नेछन् ।

एलन मस्क लामो समयदेखि ट्विटर किन्ने प्रयासमा थिए, तर उनी बल्ल सफल भएका छन् ।

केही विवादपछि २५ अप्रिलमा एलोन मस्क र ट्विटरबीच सम्झौता भयो र उनले ट्विटर किनेका थिए । उनले ४४ बिलियन डलरमा ट्विटर किनेका थिए ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप