सुधारको बाटोमा नेपाल वायुसेवा निगम
राजनीतिक हस्तक्षेपलगायत विविध कारणले विगतका केही वर्षदेखि आर्थिक रूपमा निकै कमजोर अवस्थामा पुगेको मुलुकको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम हाल सुधारको बाटोमा अघि बढेको देखिएको छ । निगमको पछिल्लो ६ महिनाको वित्तीय सूचकले निगम हाल केही आर्थिक अवस्था सुधारको बाटोमा अघि बढेको देखिएको हो । हाल आफूसँग भएका विमानको उपयोगिता, उच्च दरको सिट अकुपेन्सी एवं गन्तव्य विस्तारका कारण निगमको आर्थिक पक्ष सुदृढ बन्दै गएको निगमले जनाएको छ ।
निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले हाल निगमको वित्तीय अवस्था सुदृढ हुँदै गएको दाबी गरेका हुन् । उनका अनुसार पछिल्लो समय निगमले ओभर ड्राफ्ट सीमाबाट गरिएको खर्च पुरै भुक्तानी गरिसकिएको छ र आवश्यक परेको बेला सो सीमाभित्र रहेर वित्तीय सुविधा लिन सक्नेछ।
ओभर ड्राफ्ट रकम भुक्तानीपछि पाँच महिनाको अवधिमा निगमलाई यसको ब्याज भुक्तानी गर्ने दायित्वबापतको रकमसमेत बचत भएको छ । यो ब्याज भुक्तानीको दायित्व नरहँदा पनि आर्थिक रूपमा निगमलाई ठुलो राहत भएको छ । यसैगरी, निगमले चालू आर्थिक वर्ष २०७८/७९ को बितेका आठ महिना (साउनदेखि फागुन) सम्म ८ अर्ब ३९ करोड आम्दानी गरेको छ । यो अघिल्लो वर्षको तुलनामा ४७ प्रतिशतले बढी हो । आजको राजधानी दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण