विश्वकै सबैभन्दा इमान्दार कर्मचारी : ८४ वर्षदेखि एउटै कम्पनीमा
बिहीबार, २२ वैशाख २०७९, १६ : ०९
यदि दैनिक कामको पेलाइले तपाईलाई कमजोर बनाइरहेको छ र धेरै लामो समयदेखि एउटै कार्यलयमा एउटै काम गर्दा दिक्क हुनुहुन्छ भने १०० वर्षीय वाल्टर ओर्थम्यानलाई हेर्नुहोस, जो एउटै कम्पनीमा ८४ वर्षदेखि छन् ।
गिनिज वर्ल्ड रेकर्ड्स लिमिटेडले जनवरीमा ब्राजिलका बिक्री प्रबन्धक ओर्थम्यानले एउटै कम्पनीमा सबैभन्दा लामो करिअर बनाउने व्यक्ति भएको घोषणा गरेको थियो । उनी आठ दशकभन्दा बढी समयदेखि एउटै कपडा कम्पनीमा कार्यरत थिए ।
शताब्दी पुरुष ओर्थम्यानले दोस्रो विश्वयुद्ध सुरु हुनुभन्दा एक वर्षअघि इन्डस्ट्रियास रेनक्स एसएमा ढुवानी सहायकको रूपमा काम सुरु गरेका थिए । त्यतिबेला उनी जम्मा १५ वर्षका थिए । उनलाई एउटा स्थानमा पदोन्नति गरियो जहाँ उनी आजसम्म छन् ।
उनी काम गर्ने कार्यालयको नाम फेरिएर अहिले रेनक्सभ्यू राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–सेवाको कर्मचारी बनेर ठगी गर्ने पक्राउ
-
कम्पनीहरूलाई सरकारको राहत : असोजभित्र विवरण बुझाए पुराना जरिवाना मिनाहा
-
गोविन्दबहादुर बटालाले गरे अदालतमा आत्मसमर्पण, डिल्लीबजार कारागार चलान
-
जेनजी आन्दोलनमा फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ
-
स्कुलमा सँगै पढेका साथीले नै अपहरण गरेर मागे २२ लाख फिरौती
-
कहिले खाली हुन्छ पोखरा बसपार्क ? फेरि थपियो समितिको म्याद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण