बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

श्रीमती कुटपिट गर्ने तन्डुकारको मृत्यु

शुक्रबार, २३ वैशाख २०७९, २० : ४७
शुक्रबार, २३ वैशाख २०७९

मादक पदार्थ सेवन गरी श्रीमतीलाई कुटपिट गरी घाइते बनाउने काजिमान तन्डुकारको मृत्यु भएको छ । बढैयाताल गाउँपालिका–८ शितलाबजारका तन्डुकार अचेत अवस्थामा फेला परेपछि उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।

श्रीमतीलाई कुटपिट गर्ने तन्डुकारको खोजतलास गर्ने क्रममा घरभन्दा १५० मिटर टाढा अचेत अवस्थामा पल्टिएको फेला परेका उनलाई उपचारको लागि बर्दिया अस्पताल लैजाने क्रममा मृत्यु भएको हो । कुटपिटबाट घाइते भएकी बीरमाया तन्डुकारको आरके मेडिकल शितलाबजारमा सामान्य उपचारपछि थप उपचारको लागि नेपालगञ्ज मेडिकल कलेज नर्सिङ होममा पठाइएका छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप