कविता : जितेपछि ती कहाँ गए ?
कति चुनाव आए
कति चुनाव गए
चिनी, छालाजुत्ता कारखाना
सबै कहाँ गए ?
मल नहुँदा, सिँचाइ नहुँदा
किसानले कसरी सहे ?
केवल हातमुख जोड्न युवाहरू
दुःखको देश उडे
खाडीको ज्यान पोल्ने तातोमा
तिनका रगत, पसिना बगे
थाप्लोमा ऋण बोकी बोकी
रेमिट्यान्स पठाउन बाध्य भए
जीवनको दुःखमा को नेता
आँसुको साथ रहे ।
भन्नुस् त तपाईंको नेता
जितेपछि कहाँ गए ?
....
चिटिक्क परेर कुन मुखले
मिडिया र टेलिभिजनमा छाए
अहिले ‘न्याम न्याम’ गरेर
भोट माग्न फेरि कसरी आए
त्यसैले गाउँ, सहरका साथी
फटाहाको लागि नहुनुस जाती
आफ्नै पुर्पुरो ठोकेर
आफैलाई नसताउनुस्
चोर हो भन्ने थाहा पाइ–पाइ
चोरलाई नजिताउनुस् ।
खबरदार यो चुनावमा
बदमाशले मुख देखाउलान्
पैसाको लालच देखाएर
चिप्लो बोलीले झुक्याउलान्
मिलीजुली भागबण्डाले
तपाईंको आशा रित्याउलान्
तपाईंले तिरेको कर उडाएर
तपाईंलाई नै जोगी बनाउलान्
खेतबारी जङ्गल मासेर
रिसोर्ट, क्यासिनो फैलाउलान्
श्रीमती, छोराछोरी जिताएर
दुबैहातमा लड्डु समाउलान्
गाउँले नगरवासी जुधाएर
आफ्नोमात्र दुनो सोझ्याउलान्
मागी मागी ऋण अनुदान
विलासी सामान छिराउलान्
रोजगारी निर्यात ठप्प पारेर
अर्थतन्त्र गिराउलान्
जलश्रोतको धनी देश भन्दै
झ्यापझ्याप बत्ती निभाउलान्
त्यसैले गाउँ सहरका साथी
फटाहाको लागि नहुनुस् जाती
आफ्नै पुर्पुरो ठोकेर
आफैलाई नसताउनुस्
चोर हो भन्ने थाहा पाइ–पाइ
चोरलाई नजिताउनुस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण