नीति र सिद्धान्तबाट पदच्युत माओवादी पतनको बाटोमा : बादल
आइतबार, २५ वैशाख २०७९, १७ : ५४
नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले नेकपा माओवादी केन्द्र पतनको दिशामा अघि बढेको दाबी गरेका छन् । चितवन एमालेले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले माओवादी केन्द्र आफ्नो नीति र सिद्धान्तबाट पदच्युत भएको बताए ।
माओवादी केन्द्रको भ्रममा रहेका कार्यकर्तालाई भ्रममुक्त हुन पनि उनले आग्रह गरे । नेकपा एकीकृत समाजवादी रावणको पुच्छर भएको आरोप लगाउदै उनले शेरबहादुर देउवा नेतृत्वको सरकार जनताको सरकार नभएर दलालहरूको सरकार भएको बताए । गठबन्धन भनेको बाँडीचुँडी खाने गुट मात्र भएको भन्दै उनले गठबन्धन लोकतन्त्र विरोधी भएको आरोप लगाए । कम्फर्टेबल सरकारलाई निरन्तरता दिएर देशलाई विदेशीको गुलाम बनाइराख्न चाहेको उनको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण