१० दिनपछि जुम्लाको हिमामा टेलिफोन सेवा सन्चालन
सोमबार, २६ वैशाख २०७९, १४ : ०८
१० दिनअघि अवरुद्ध भएकाे हिमा गाउँपालिकाकाे टेलिफोन सेवा आजबाट सुचारु भएको छ । १० दिनदेखि टेलिफोनविहीन भएका हिमा गाउँपालिकाका बासिन्दाले आजबाट टेलिफोन सेवा लिन पाएकाे जुम्लाका प्रमुख रामचन्द्र श्रेष्ठले बताए । उनले भने, 'हिमामा रहेको टेलिफोन टावरको हर्नमा क्षति भएपछि काठमाडाैंबाट सामग्री ल्याई जोडिएको छ ।'
प्रमुख श्रेष्ठका अनुसार क्षमता पनि बढाइएको छ । आजदेखि प्रभावकारी रुपमा टेलिफोन चलेकाे छ । एक पटकमा त्यस क्षेत्रमा ८० जनाले चलाउने क्षमता थियो भने अब दोब्बर भएको छ । त्यस्तै, हिमा गाउँपालिका निर्वाचन अधिकृत ऋतु राईका अनुसार टेलिफोन आएपछि काममा सजिलो भएको छ । उनले टेलिफोनविहिन हुँदा निर्वाचनका बेला कसरी काम गर्ने डर थियो । टेलिफोन सेवा लामो समय नबन्दा निर्वाचनमा कठिन हुने भन्दै निर्वाचन आयोगलाई समेत पत्र तयार गरेका थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण