बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

१० दिनपछि जुम्लाको​ हिमामा टेलिफोन सेवा सन्चालन

सोमबार, २६ वैशाख २०७९, १४ : ०८
सोमबार, २६ वैशाख २०७९

१० दिनअघि अवरुद्ध भएकाे हिमा गाउँपालिकाकाे टेलिफोन सेवा आजबाट सुचारु भएको छ । १० दिनदेखि टेलिफोनविहीन भएका हिमा गाउँपालिकाका बासिन्दाले आजबाट टेलिफोन सेवा लिन पाएकाे जुम्लाका प्रमुख रामचन्द्र श्रेष्ठले बताए । उनले भने, 'हिमामा रहेको टेलिफोन टावरको हर्नमा क्षति भएपछि काठमाडाैंबाट सामग्री ल्याई जोडिएको छ ।' 

प्रमुख श्रेष्ठका अनुसार क्षमता पनि बढाइएको छ । आजदेखि प्रभावकारी रुपमा टेलिफोन चलेकाे छ । एक पटकमा त्यस क्षेत्रमा ८० जनाले चलाउने क्षमता थियो भने अब दोब्बर भएको छ । त्यस्तै, हिमा गाउँपालिका निर्वाचन अधिकृत ऋतु राईका अनुसार टेलिफोन आएपछि काममा सजिलो भएको छ । उनले टेलिफोनविहिन हुँदा निर्वाचनका बेला कसरी काम गर्ने डर थियो । टेलिफोन सेवा लामो समय नबन्दा निर्वाचनमा कठिन हुने भन्दै निर्वाचन आयोगलाई समेत पत्र तयार गरेका थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप