बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

उम्मेदवारका फ्यानहरुलाई आयोगले भन्यो–मौनअवधि अघि पोस्ट हटाउनु

सोमबार, २६ वैशाख २०७९, १६ : ४९
सोमबार, २६ वैशाख २०७९

शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि मंगलबार राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएको छ । निर्वाचन आयोगले सामाजिक सञ्जालमा उम्मेदवारहरूको फ्यानले कुनै पोस्ट बुस्ट गरेको हुनसक्ने भन्दै मौन अवधि सुरु हुनुअघि नै त्यस्ता पोस्ट हटाउन आग्रह गरेको छ । 

‘मौनअवधि वैशाख २७ गते राति १२ बजेदेखि सुरु हुने तथ उम्मेदवार र उनीहरुको फ्यानहरुको टिकटक, ट्वीटरलगायतको पेजहरूमा स्पोन्सर पोस्ट हुनसक्ने भएकाले सबै उम्मेदवार तथा फ्यानहरुलाई मौन अवधि सुरु हुनअगाडि सामाजिक सञ्जालमा भएका निर्वाचन आचारसंहिता विपरीतका पोस्टहरु हटाउन र नयाँ पोस्ट नगर्न निर्देशन दिन तथा सोको आवश्यक नियमन गर्न आयोगले नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ’, आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सोमबारको पत्रकार सम्मेलनमा भने । 

निर्वाचनको मौन अवधिमा टेलिकमहरुबाट ब्लक एसएमएससम्बन्धी काम नगर्न पनि आयोगले आवश्यक निर्देशन दिएको शर्माले बताए । मतदान दिन हुने दिन सबै क्षेत्रमा बिदा दिन पनि आयोगले आग्रह गरेको छ ।

यसैबीच निर्वाचन आयोगले हालसम्म आचारसंहिता उलंघन गर्ने ५५ व्यक्ति तथा पार्टीहरूलाई स्पष्टीकरण सोधिएको जनाएको छ।  स्पष्टीकरण सोधिएकामध्ये अधिकांशको जवाफ प्राप्त भएको तथा केहीको आउने क्रममा रहेको आयोगको भनाइ छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप