तपाईंका यस्ता बानीले बर्बाद हुनसक्छ यौन जीवन, तुरुन्त सुधार्नुहोस्
कुनै पनि वैवाहिक सम्बन्धमा प्रेम, विश्वासका साथै इन्टिमेसी हुनु पनि अत्यन्त आवश्यक छ । इन्टिमेसीले सम्बन्धलाई थप बलियो बनाउँछ । तर धेरै मानिस यस्ता छन् जसले आफ्नो यौन जीवनमा विभिन्न खालका समस्याको सामना गर्नुपर्छ । यसको पछाडि तपाईंका केही बानी पनि जिम्मेवार हुन्छन् । आज तपाईंका त्यस्ता बानी बारे कुरा गरौँ जसले तपाईंको यौन इच्छामा नकारात्मक असर पार्ने गर्छन् ।
गलत चिज खानुः
यदि तपाईंलाई जङ्क फुड खान असाध्यै धेरै मनपर्छ भने तपाईंले आफ्नो शरीरलाई कार्ब्स, स्याचुरेटेड र ट्रान्स फ्याटले भर्नुहुन्छ । यसले रक्तसञ्चार पनि निकै ढिलो गरी हुने गर्छ साथै यस्ता खानाले इन्टिमेसीका बेला तपाईंलाई गाह्रो पनि पार्न सक्छ । तपाईंले यस्ता खानाको साटो फलफूल, सागसब्जी र प्रोटिनयुक्त चिजको सेवन गर्नुहोस् । स्वस्थ खानाले शरीरमा ऊर्जा प्रदान गर्छ ।
असाध्यै धेरै नुनको सेवनः
दैनिक असाध्यै धेरै नुनको सेवन गर्दा तपाईंको रक्तचाप बढ्ने र्छ । रक्तसञ्चार बढ्दा तपाईंको यौनइच्छा कम हुनसक्छ । डिब्बामा बन्द गरिएका खानेकुरामा सोडियमको मात्रा निकै धेरै हुन्छ । त्यसैले यस्ता खानेकुराबाट जोगिनुहोस् ।
सधैँ तनावमा रहनुः
यदि तपाईंलाई कुनै कुराले लामो समयसम्म तनाव दिइरहेको छ भने यसले तपाईंको स्वास्थ्यमा प्रतिकुल अस पार्छ साथै तपाईंलाई इन्टिमेट हुन पनि खासै मन लाग्दैन । यदि तपाईं आफ्नो यौन जीवनलाई उत्कृष्ट बनाउन चाहनुहुन्छ भने तनावबाट टाढै रहनुहोस् र आफ्नो समस्याको छिट्टै समाधान पनि गर्नुहोस् ।
एक–अर्कासँग खुलेर कुरा नगर्नुः
यदि तपाईंलाई आफ्नो यौनजीवनमा केही समस्या भइरहेको छ जस्तो लाग्छ वा कुनै कुराले तनाव दिइरहेको छ भने यसको हल निकाल्नका लागि पार्टनरसँग खुलेर कुरा गर्नुहोस् । यदि तपाईं यसबारे कुरा गर्न हिच्किचाउनुहुन्छ भने यसको असर तपाईंहरु दुबैजनामाथि पर्नेछ ।
तौल बढ्नुः
यौन जीवनलाई उत्कृष्ट बनाउन चाहुनुहन्छ भने तपाईंले आफ्नो बढिरहेको तौललाई कम गर्नुहोस् । बढेको तौलले तपाईंहरु दुबैजनालाई फाइदा पुर्याउँदैन । विशेषगरी यसले पुरुषलाई धेरै नै समस्यामा पार्ने गर्छ । एक अनुसन्धान अनुसार जुन पुरुषको कम्मर ४० इन्चभन्दा बढी छ भने उनीहरुमा बाँझोपनको समस्या देखिन सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घुम्टोमा घण्टाघर : मर्मतसम्भार शीघ्र पूरा गर्न वीरगञ्जवासीको माग
-
सरकारी कारोबारमा हरेक वर्ष बेरुजू बढ्दै जानु सुशासनका लागि चुनौतीपूर्ण: राष्ट्रपति
-
शुक्रबार रिलिज हुने ‘के घर के डेरा : घर नं २’ले कति पायो शो ?
-
बजेटमा लैङ्गिक समावेशीकरणलाई ध्यान दिन माग
-
उत्कृष्ट सात विद्यालय तथा सामुदायिक नर्स सम्मानित
-
आफ्नै छोराछोरीलाई देशमै सपना देखाउन सक्दैनौँ भने राजनीति गरेको के अर्थ ?