पोस्टमार्टमपछि जुनमाया बुढाको शव रुकुम पठाइयो, दोषीलाई कारबाही गर्न माग
अपहरणपछि हत्या गरिएकी एमाले कार्यकर्ता डुथी बुढा भन्ने जुनमाया बुढाको शव बुधबार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पोष्टमार्टम गरिएको छ । रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा उनको हत्या भएपछि शव पोष्टमार्टमका लागि बुधबार बिहान बुटवल ल्याइएको थियो । मृतकका भाइ धनबहादुर बुढा, नेपाली काँग्रेस पुथा उत्तरगंगा गाउँसभापति तपश बुढा, एक प्रहरी हवल्दारले एम्बुलेन्समा उनको शवलाई बुटवल ल्याएका थिए ।
एमाले पोलिटब्युरो सदस्य दधिराम न्यौपानेले शव पोष्टमार्टम गरी आफन्तमार्फत दाहसंस्कारका लागि रुकुम पठाइएको जानकारी दिए । यही १९ वैशाखमा सो गाउँपालिका– ११ टक्सेरामा माओवादी कार्यकर्ताको आक्रमणबाट करिब आधा दर्जन घाइते भएका थिए । सोही दिनदेखि जुनमाया बेपत्ता भएकी थिइन् । एमाले–कांग्रेस गठबन्धनका कार्यकर्तामाथि माओवादीले आक्रमण गरी जुनमायालाई अपहरण गरेको र अपहरणपछि हत्या गरेको एमालेको आरोप छ ।
एमाले कार्यकर्ताले घरदैलो अभियान चलाइरहेका बेला माओवादी कार्यकर्ताले आक्रमण गरेका थिए । अपहरणपछि हत्या गरिएकी जुनमायाको शव मंगलबार घरदेखि करिब तीन किलोमिटरमाथि भेटिएको थियो । रुकुमपूर्व प्रहरीले सो घटनामा संलग्न रहेको आशंकमा माओवादीका स्थानीय तीन नेतालाई पक्राउ गरेको छ । माओवादी स्थानीय नेता कुमारसिंह, निवर्तमान वडाध्यक्ष जयकुमार बुढा, उनका भाइ अर्जुनकुमार बुढालाई प्रहरीले पक्राउ गरेको हो ।
शव पोष्टमार्टमका लागि बुटवल आएका मृतकका भाइ धनकुमार बुढाले माओवादी कार्यकर्ताले नै दिदीको हत्या गरेको भन्दै कारबाहीको माग गरे । दोषीलाई कारबाही गर्न प्रहरीले बेवास्ता गरिरहेको भन्दै उनले घटनाको सत्यतथ्य बाहिर ल्याउन माग गरे । शवको प्रकृति हेर्दा कानबाट रगत बगेको, शरीरभर निलडाम रहेका कारण कुटपिटबाट नै हत्या गरेको स्पष्ट भएको एमाले पोलिटब्युरो सदस्य न्यौपानेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
