नेपाल एयरलाइन्सले गर्यो ५० वर्ष पुरानो सीता पाससँग सम्झौता रद्द, अब प्यासेन्जर सर्भिसमा हाईटिट्
नेपाल एयरलाइन्सले पाँच दशक (५० वर्ष) भन्दा लामो समयदेखि प्रयोग गर्दै आएको सीता पाससँगको सम्झौता रद्द गरेको छ । उक्त कम्पनीको सिष्टम फेजआउट भएकाले नयाँ कम्पनी हाईटिट्सँग सम्झौता गरिएको एयरलाइन्सले जनाएको हो ।
बुधबार एक सूचना जारी गर्दै सोबारे जानकारी दिएको एयरलाइन्सले अब प्यासेन्जर सर्भिसमा बोडिङ पास, यात्रु चेकजाच तथा लगेज ट्याग प्रिन्टमा हाईटिट्को प्रयोग हुने जनाएको छ । उसो त आजै कम्पनीसँग सम्झौता गरी एयरलाइन्सले माइग्रेसनको कार्य समेत सफलतापूर्वक सम्पन्न गरिसकेको जनाएको छ । आज उडान भरेका एयरलाइन्सका आर–२०५ र आरए २१७ जहाजका यात्रुहरूको चेकजाच सीयूपीपीएसमा समस्या भएपछि तत्काल कम्पनीले बोडिङ पास र ब्याक ट्याग मात्र प्रिन्ट गरी उडान सञ्चालन गरेको थियो ।
सो समस्या निगमको उडानमा मात्र नभएर उक्त सिस्टम प्रयोग गर्ने अन्य वायुसेवाहरूको अन्तर्राष्ट्रिय उडानहरूमा समेत देखिएको जनाउदै एयरलाइन्सले हाल चेक इन सिस्टममा भएको उक्त समस्या समाधान भई सम्पूर्ण उडान पूर्ववत् रुपमा सुचारु भइसकेको जनाएको छ । उक्त समस्या के कारणले देखिएको हो, यकिन गरी आगामी दिनमा त्यस्ता समस्या दोहोरिन नदिन निगमले त्रिभूवन विमानस्थलको टिमसँग र नागरिक उड्यान प्राधिकरणसँग समेत छलफल गरिरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण