नक्कली डाक्टरले गर्भनिरोधकको रुपमा ललिपपको स्टिक राखिदिएपछि....
भेनेजुएलाका एक व्यक्तिलाई ठगीको आरोपमा पक्राउ गरिएको छ । दर्जनौँ मानिसहरुको छालामुनी ललिपपका प्लास्टिकका स्टिकहरु राखिदिएको आरोपमा उनी पक्राउ परेका हुन् । ती व्यक्तिले ललिपपको प्लास्टिकको स्टिकलाई उन्न गर्भनिरोधक भन्दै ठगी गर्दै आएका थिए ।
३८ वर्षका जोस ड्यानियल लोपेजले कम्तीमा २५ जना महिलालाई गर्भनिरोधक भन्दै उनीहरुको छालामुनी ललिपपको निकै साधारण प्लास्टिकको स्टिक राखिदिएको आरोप लगाए । यसका लागि ती २५ जना महिलाले पैसा पनि तिरेका थिए । तीमध्ये कोही गर्भवतीसमेत भएका थिए ।
मेडिकल योग्यता नभएका लोपेजले आफ्नो मेडिकल डिग्री नक्कली बनाएर भेनेजुएलाको ला भिक्टोरिया र मायाकायका स्वास्थ्य केन्द्रहरुमा कामसमेत गरे । उनलाई मेडिकलका केही प्रक्रियाबारे थाहा थियो । उनी आफैंले केही सबडर्मल इम्प्लान्टरु गरेका थिए । उनले ती महिलाहरुलाई आफूले ‘इम्प्लानोन’ गरेको बताउने गर्दथे । इम्प्लानोन त्यस्तो गर्भनिरोधक प्रक्रिया हो जसमा सानो प्लास्टिकको रडलाई पाखुरामा इम्प्लान्ट गर्ने गरिन्छ ।
तर लोपेजले जे गरेका थिए, त्यो एक ठगी मात्रै थियो, यसले गर्भ रोक्नबाट जोगाउँदैनथ्यो ।
लोपेजको यस्तो कृत्य पहिलो पटक त्यतिबेला सार्वजनिक भयो जब राफेल चिरिनोस नामका एक साँच्चैका डाक्टरले यसबारे चेतावनी दिएका थिए । उनका अनुसार उनलाई यसबारे सोसल मिडियामा पीडित महिलाको तर्फबाट थुप्रै मेन्सनहरु आएका थिए ।
‘मैले इम्प्लानोन प्रयोग गरेर गर्भनिरोधक विधि लागू गर्न शल्यक्रियालाई प्रवद्र्धन गर्ने एक कथित डाक्टर, एक स्त्रीरोग विशेषज्ञबारे ह्वाट्सएपमा धेरै स्टेटसहरु देखिरहेको छु,’ चिरिनोसले भने । ‘यो ठगी हो । उनले त ललिपपका स्टिक पो प्रत्यारोपण गरेका रहेछन् ।’
‘डाक्टर’ जोस ड्यानियल लोपेजको काममाथि अनुसन्धान गरेपछि चिरिनोसले ला पेस्टिलिटा वा क्लिनिक ला त्रिनिदादमा इम्प्लानन इम्प्लान्ट पाएका महिलालाई सकेसम्म चाँडो मेडिकल चेकअप गर्न सल्लाह दिएका छन् ।
त्यसपछि लोपेजले जे जति गरेका थिए, ती सबै छताछुल्ल भए । उनीबारे खबर भाइरल भएलगत्तै उनी फरार भए तर उनलाई लुकिरहेको अवस्थामा पक्राउ गरियो । उनीमाथि गैरकानुनी रुपमा औषधी अभ्यास गरेको र नक्कली कागजात पेश गरेको आरोप लगाइएको छ । उनले अब धेरै वर्ष जेलमा बिताउने सम्भावना छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–सेवाको कर्मचारी बनेर ठगी गर्ने पक्राउ
-
कम्पनीहरूलाई सरकारको राहत : असोजभित्र विवरण बुझाए पुराना जरिवाना मिनाहा
-
गोविन्दबहादुर बटालाले गरे अदालतमा आत्मसमर्पण, डिल्लीबजार कारागार चलान
-
जेनजी आन्दोलनमा फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ
-
स्कुलमा सँगै पढेका साथीले नै अपहरण गरेर मागे २२ लाख फिरौती
-
कहिले खाली हुन्छ पोखरा बसपार्क ? फेरि थपियो समितिको म्याद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण