पाल्पामा महिला मतदाता बढी
वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा पाल्पामा पुरुषको तुलनामा महिला मतदाताको सङ्ख्या धेरै रहेको छ । जिल्लामा पुरुषको तुलनामा छ हजार ३३० महिला मतदाता धेरै रहेको निर्वाचन कार्यालय पाल्पाले जनाएको छ ।
यहाँ एक लाख तीन हजार १० महिला मतदाता रहेका छन् भने ९६ हजार ६८० पुरुष मतदाता छन् । जिल्लाको १० पालिकामध्ये तिनाउ गाउँपालिकाबाहेक अन्य पालिकामा महिलाको मतदाता सङ्ख्या बढिरहेको पाइएको छ । तिनाउमा पुरुष सात हजार २४५ र महिला सात हजार १४१ छन् भने अन्य पालिकामा महिला मतदाता बढी छन् । तानसेन नगरपालिकामा एक हजार ७१३, रामपुर नगरपालिकामा एक हजार ५४३, बगनासकाली गाउँपालिकामा ८२९, रम्भामा ६८७, पूर्वखोलामा ६४०, माथागढीमा ३८७, रिब्दीकोटमा ३७३, रैनादेवी छहरामा १६७, तिनाउमा १०४ र निस्दीमा ९३ महिला मतदाता बढिरहेका छन् ।
सबैभन्दा धेरै मतदाता तानसेन नगरपालिका र थोरै पूर्वखोला गाउँपालिका रहेको छ । निर्वाचन कार्यालयद्वारा प्रकाशित नामावलीमा तानसेनमा ३३ हजार ७६९ र पूर्वखोलामा १३ हजार ६९८ मतदाता छन् । सबैभन्दा कम मतदाता तिनाउ गाउँपालिका–६ स्थित पाटन आधारभूत विद्यालय मतदान केन्द्रमा १८१ मतदाता रहेका छन् ।
जिल्लामा कूल ११८ मतदानस्थल र २४७ मतदान केन्द्र कायम छन् । दश पालिकामध्ये मतदानस्थल र केन्द्र सदरमुकाम तानसेनमा बढी छन् । यहाँ २२ मतदानस्थल र ४४ केन्द्र छन् भने सबैभन्दा कम पूर्वखोला गाउँपालिकामा नौ मतदानस्थल र १७ केन्द्र रहेको छ । भयरहित वातावरणमा सबै मतदाता निर्वाचनमा सहभागी हुन पाउने व्यवस्थाका लागि जिल्लास्थित सुरक्षा निकायले पनि आन्तरिक रणनीतिक योजना तयारी गरेको पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षापछि वायु प्रदूषण घट्दै
-
अब अतिरिक्त हुलाक रहँदैनन् : मन्त्री शर्मा
-
खराब नियत राखी ‘बचत अपचलन’ गर्नेलाई निर्ममतापूर्वक कारबाही गर्न नेफ्स्कूनको माग
-
बैंकिङ प्रणालीबाट ३५ अर्ब तरलता तान्दै राष्ट्र बैंक
-
‘बैंकहरुले जस्तै सहकारीले पनि मार्गदर्शन पालना गर्नुको विकल्प छैन’
-
चल सम्पत्ति धितो राखेर पनि ऋण पाइने