गृह मन्त्रालयले भन्यो - कसैको डर, धम्की तथा प्रलोभनमा नपरी मतदान गर्नुहोस्
गृह मन्त्रालयले देशभरीका मतदानस्थलमा कर्मचारी तथा सुरक्षाकर्मी खटन पटन र निर्वाचन सामाग्री ढुवानी गरिसकेको जनाएको छ । बिहीबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले देशभरका १०, ७५६ मतदानस्थलमा कर्मचारी, सुरक्षाकर्मी र निर्वाचन सामाग्री ढुवानी गरिसकेको जनाएको हो ।
मन्त्रालयले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग परिचालन गरी मतदानस्थलहरुमा सुरक्षा व्यवस्था मिलाइएको जनाएको छ । मन्त्रालयल कसैको डर, धम्की तथा प्रलोभनमा नपरी सम्पूर्ण मतदाताहरूलाई मतदान कार्यमा सरिक भई आफ्नो मताधिकारको प्रयोग गर्न र निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न आवश्यक सहयोग तथा सहजीकरण गर्न राजनीतिक दल तथा सरोकारवाला पक्षलाई अनुरोध गरेको छ ।
कसैको डर, त्रास धम्की आए तथा असुरक्षा महसुस भएमा नजिकको इलाका वा प्रहरीको नम्बर १०० जिल्ला प्रमुख प्रहरी वा जिल्ला अधिकारीलाई सम्पर्क गर्न आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललितपुर मेयर महिला टी–२० क्रिकेट : एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशबिच उपाधि भिडन्त
-
कोशी प्रदेश : कुन मन्त्रालयमा को मन्त्री ?
-
गण्डकीमा मदिरा विधेयक : रक्सी बनाउन र खान १८ वर्ष पुग्नुपर्ने
-
मोरङबाट खैरो हेरोइनसहित युवक पक्राउ
-
विद्यालय शिक्षा सुधारको माग गर्दै प्रदर्शन, तस्बिरहरु
-
त्रिशूली थ्री बी हब २२० केभी सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसन उद्घाटन