शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ट्विटरका सिइओले भने, ‘अहिलेसम्म कमै बोलेँ तर अब बोल्नेछु’

शनिबार, ३१ वैशाख २०७९, ०९ : ०५
शनिबार, ३१ वैशाख २०७९

बिहिबार ट्विटरका लागि ठूलो उथलपुथलको दिन थियो । बिहिबार, टेस्लाका सीईओ एलन मस्कले उनको ट्विटर किन्ने सम्झौता रोकिएको बताएका छन् । यस्तै, अर्कोतर्फ ट्विटरका दुई ठूला अधिकारीलाई बर्खास्त गरिएको छ ।

ट्विटरका सीईओ पराग अग्रवालले पनि लामो समयपछि बिहिबार आफ्नो मौनता तोड्दै एकपछि अर्को ट्वीट गरेका छन् ।

पराग अग्रवालले लेखेका छन्, ‘पछिल्ला केही हप्तामा धेरै कुरा भए । मेरो सम्पूर्ण ध्यान कम्पनीमा थियो र यस अवधिमा म सार्वजनिक रूपमा धेरै कम बोल्थे तर अब बोल्नेछु ।’

पराग थप्छन्, ‘केही दिन अघि हामीले आफ्नो नेतृत्व टोली र व्यवस्थापन टोलीमा परिवर्तनहरू घोषणा गर्यौँ । मानिसहरूलाई असर गर्ने निर्णयहरू लिन सधैं गाह्रो नै हुन्छ । कतिपयले कम्पनी अधिग्रहण गर्न लागेका बेला किन ‘महत्वपूर्ण’ सिइओहरु किन परिवर्तन गर्ने भनेर सोधिरहेका छन् । यसको जवाफ निकै सरल छ...’

उनले थपे, ‘जबकी मलाई पूरा आशा छ कि सम्झौता रद्द हुनेछ, हामी हरेक परिस्थितिका लागि तयार रहनुपर्छ र ट्विटरको हितमा जे हुन्छ, त्यहि नै गर्नुपर्छ । म ट्विटरको नेतृत्व र सञ्चालन गर्नका लागि जवाफदेही छु र हाम्रो उद्देश्य ट्विटरलाई हरेक दिन थप बलियो बनाउनु हो ।’

पराग अग्रवालले थपेका छन्, ‘ट्विटर आफ्ना प्रयोगकर्ता, साझेदार र शेयरधारकहरूका लागि समग्र रूपमा उत्पादन र व्यापार सुधार गर्न प्रयासरत छ ।’

परागले अर्को ट्वीटमा लेखेका छन्, ‘म पनि आफ्नो काममा थप पारदर्शिता ल्याउने प्रयास गर्नेछु ।’

अन्त्यमा परागले ट्वीटरको सम्पूर्ण टिमलाई धन्यवाद दिएका छन् ।

पराग अग्रवालको यो ट्विटलाई कम्पनीको उक्त निर्णयको परिप्रेक्ष्यमा हेरिएको छ जस अन्तर्गत ट्विटरका उपभोक्ता उत्पादनका महाप्रबन्धक केभोन बेकपुर र राजस्व महाप्रबन्धक ब्रुक फाल्कले आफैंले ट्विटरबाट बाहिरिने घोषणा गरेका छन् ।

कम्पनी छाडेपछि केभोन बेकपोरले आफू विगत ७ वर्षदेखि ट्विटरमा आबद्ध रहेको बताए । तर पराग अग्रवालले टोलीलाई अर्कै दिशामा लैजान चाहेकोले कम्पनी छोड्न भने । यस्तै, ब्रुक फाल्कले आफ्ना सबै साथीलाई धन्यवाद दिन चाहेको बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप