बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

गौचन हत्याकाण्डका मुख्य आरोपी समिरमान सिंह बस्नेत पक्राउ

आइतबार, १७ मङ्सिर २०७४, १३ : २९
आइतबार, १७ मङ्सिर २०७४

काठमाडौं– गुण्डा नाइके समिरमान सिंह बस्नेत पक्राउ परेका छन् । निर्माण व्यवसायी शरदकुमार गौचन हत्याकाण्डका मुख्य आरोपी भनिएका बस्नेतलाई  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले भारतको बैंलोरबाट पक्राउ गरेको हो । 

प्रहरी उच्च स्रोतका अनुसार सिआईबीका डिआईजी पुष्कर कार्कीले खटाएको एक  प्रहरी टोलीले उनलाई चितवनबाट पक्राउ गरेर नेपाल ल्याएको हो ।  

काठमाडौंको सितापाइला क्षेत्रलाई आधार इलाका बनाएर गुण्डागर्दीमा संलग्न उनीलगातको योजनामा गौचनको हत्या भएको प्रहरीले बताउँदै आएको छ।  

असोज २३ गते निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको  राजधानीको वानेश्वरमा गोली हानी हत्या भएको थियो ।  
यसअघि प्रहरीले  यसअघि प्रहरीले हत्यामा सुटरको भूमिका निभएका नुवाकोट पञ्चकन्या गाँउपालिका ५ का २१ बर्षका राविज स्याङ्ताङ्लाई प्रहरीले पक्राउ गरिसकेको छ ।

यस्तै  हतियार तथा मोटर साइकल ब्यवस्थापक पर्सा, कालिकामाई गाँउपालिका १ का ३५ बर्षका शिवजी महतो, हतियार ब्यवस्थापक भारत बेतिया, ग्राम पञ्चायत चौबेटोला ७ बस्ने २४ बर्षका मुकेश कुमार पाण्डे, मोटरसाइकल ब्यवस्थापक ठोरी गाँउपालिका ५ बस्ने बर्ष १८ का सन्तोष गुरुङ,  घटनामा सहयोगीको भूमिका निर्वाह गरेका काठमाडौं नार्गाजुन नगरपालिका ४ बस्ने बर्ष २२ का प्रकाश बुढाथोकीलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ । 

गौचन हत्याको मुख्य कारण फिरौती रकम रहेको प्रहरीको निष्कर्ष   छ । पारिवारिक स्रोतले दिएको जानकारी र हत्याराहरुको दावीका आधारमा फिरौतीका लागि हत्या भए पनि कति रकम मागेको भन्ने खुलेको छैन । 

हत्याका मुख्य योजनाकार समिरमान सिंह बस्नेत पक्राउ परेपनि अझैं अरु ७ जना फरार नै छन् । फरार सूचिमा  मनोज पुन, लोप्साङ,  गंगा लिङ्देन लिम्बु, श्याम बहादुर गुम्बे, काले दाई भन्ने अम्बर बहादुर राना, रोशन बुढाथोकी र अजय थापा रहेका छन् ।     

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप