जितपछि मार्कोस आमाको घर जादाँको भिडियोमा देखियो ‘हराएको’ पिकासोको पेन्टिङ
एजेन्सी । फर्डिनान्ड ‘बोङबोङ’ मार्कोस जुनियर जितपछि उनको आमाको घर जादाँ एक रहस्यमाथि पर्दा खुलेकोजस्तो देखिएको छ। बोङबोङकी आमा इमेल्डा मार्कोसको घरभित्रको दृश्यमा पिकोसाको एक पेन्टिङ झुलुक्क देखिन्छ। इमेल्डा र मार्कोसको भेटघाटको तस्बिर तथा भिडियो मार्कोस परिवार आफैले जारी गरेको थियो।
इमेल्डा बसेको सोफामाथि पिकासोको चर्चित पेन्टिङ ‘फेम्मे कोच चतुर्थ’ वा त्यसको प्रतिरुप राखिएको देखिन्छ। मार्कोस परिवारले जारी गरेको फुटेजको एक दृश्यमा इमेल्डा बसेको सोफाको भित्ताको माथिल्लो देव्रे कुनामा पिकासोको पेन्टिङ देखिन्छ।
अहिले यो पेन्टिङ जाली हो या सन् २०१४ मा सरकारले मार्कोस परिवारबाट खोसेको पेन्टिङचाँही जाली हो भन्ने बहस सुरु भएको छ । सन् २०१४ मा फिलिपिन्सको भ्रष्टाचार विरोधी निकायले पिकासोको यही पेन्टिङसहित अन्य आठ चित्र कब्जामा लिएको थियो । अहिले मार्कोस परिवारले सो निकायलाई जाली पेन्टिङचाँही दिएको आशंका उत्पन्न भएको छ।
फर्डिनान्ड मार्कोस सिनियरको २० वर्षे शासनमा लाखौँलाई थुनामा राखेका थिए, हजारौँलाई मारेका थिए। सन् १९८६ मा जनआन्दोलनबाट अपदस्थ हुनुअघि उनले राज्यकोषबाट १० अर्ब डलरसम्म धन लुटेका थिए । मार्कोस परिवारले राज्यकोषको लुटेको रकम विदेशी बैंकमा जम्मा गरेका थिए। त्यस्तै तिनले महँगा घरजग्गा, गरगहना, कलाकृति र डिजाइनर पहिरनमा खर्च गर्थे।
मार्कोस शासनको समयमा इमेल्डा अत्यन्त विलासी जीवनशैलीको लागि बदनाम थिइन्। उनीसँग रहेको ३००० जोडीको जुत्ताका कारण इमलेल्डा सो परिवारको विलाशिता र लोभको प्रतीक बनेकी थिइन्। राष्ट्रपतिका रूपमा मार्कोस जुनियरसँग ‘प्रेसिन्डेन्सियल कमिसन अन गुड गर्भर्नेन्स(पीसीजीजी)’को कमिस्नरहरू चयन गर्ने शक्ति पनि हुनेछ। यो कमिसन उनकै परिवारको लुटको धन फिर्ता गर्न बनाइएको थियो । सन् २०१४ मा पिकासोको पेन्टिङ खोसेको बारेमा पीसीजीजीका पूर्व कमिस्नर आन्द्रे बाटिस्टाले भने ,‘व्यक्तिगत रूपमा मलाई सोध्नु हुन्छ भने सन् २०१४ मा हामीले कब्जामा लिएको पिकासोको पेन्टिङ जाली थियो। ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–सेवाको कर्मचारी बनेर ठगी गर्ने पक्राउ
-
कम्पनीहरूलाई सरकारको राहत : असोजभित्र विवरण बुझाए पुराना जरिवाना मिनाहा
-
गोविन्दबहादुर बटालाले गरे अदालतमा आत्मसमर्पण, डिल्लीबजार कारागार चलान
-
जेनजी आन्दोलनमा फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ
-
स्कुलमा सँगै पढेका साथीले नै अपहरण गरेर मागे २२ लाख फिरौती
-
कहिले खाली हुन्छ पोखरा बसपार्क ? फेरि थपियो समितिको म्याद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण