रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मतगणनामा बिवाद
मङ्गलबार, ०३ जेठ २०७९, ११ : ४७
रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मतगणनामा कर्मचारीले बदमासी गरेको भन्दै बिवाद भएको छ । नगरपालिकाको वार्ड नम्बर २ को मतगणना गर्दा कर्मचारीले ६९ लाई ९५ टिपाएपछि बिवाद भएको हो ।
बिवाद पछि सर्वदलीय बैठकले तिलोत्तमा नगरपालिकाका कर्मचारी बाहेक अन्य कर्मचारी राखेर मतगणना गर्ने सहमति भएको छ । निर्वाचन अधिकृत माधव लोहनीले नगरपालिका वाहेक अन्य कर्मचारी राखेर मतगणना गर्ने तयारी भएको रातोपाटीलाई बताए । उनले कर्मचारीको गल्ती भेटिएपछि अन्य कर्मचारी राखेर मतगणना गर्ने सर्वदलीय बैठकबाट सहमति भएको बताए । यसअघि मतगणना स्थलमा नेपाली काँग्रेस कार्यकर्ताहरूले नाराबाजी गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
-
माइतीघरमा टमाटर किसानको आन्दोलनपछि मन्त्री चौधरीको पहल : कालीमाटीबाट ढुवानी सुरु
-
विश्वकपको फाइनल पुगे लगत्तै यमालको बार्सिलोनास्थित घरमा चोरीको प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण