दाङमा अवैध लागूऔषधसहित चार जना पक्राउ
दाङको तुलसीपुर उपमहानगरपालिका–१२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–६ बस्ने २३ वर्षीय रबिन नेपालीसहित ४ जना रहेका छन् । उनीहरुलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।
रा.५ प ८८६५ नम्बरको मोटरसाइकलमा सवार नेपालीसहित ३ जनालाई इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा करिब ४ सय ४० मिलिग्राम उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धान गर्दा उनीहरुले उक्त पदार्थ सोही उपमहानगरपालिका–६ बस्ने ३४ वर्षीय अम्मर बाल्मिकीसँग खरीद गरी ल्याएको खुलेको थियो ।
त्यसपछि बाल्मिकीको कोठामा जाँच गर्दा १ सय ९० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ, सेवन गर्न प्रयोग गरेको प्लेट १ थान र ब्लेड टुक्रा २ थानसहित फेला पारी बाल्मिकीलाई समेत प्रहरीले पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
-
माइतीघरमा टमाटर किसानको आन्दोलनपछि मन्त्री चौधरीको पहल : कालीमाटीबाट ढुवानी सुरु
-
विश्वकपको फाइनल पुगे लगत्तै यमालको बार्सिलोनास्थित घरमा चोरीको प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण