नेपालगञ्जमा एमालेका मिश्रभन्दा काँग्रेसका विष्ट दोब्बर मतले अगाडि
मङ्गलबार, ०३ जेठ २०७९, १६ : १७
नेपालगञ्ज उपमहानगरपालिका मेयरमा गठबन्धनबाट नेपाली काँग्रेसका प्रशान्त विष्टले नेकपा एमालेका पशुपति दयाल मिश्रको भन्दा दोब्बर मतले अग्रता लिएका छन्। विष्टले १२००९ मत ल्याएका छन् भने एमालेका मिश्रले ५६६८ मत मात्रै ल्याएका छन्। विष्ट र मिश्रको मत अन्तर ६३४१ छ।
यस्तै राप्रपाका मेयरका उम्मेदवार नन्दलाल बैश्यले ४८४२ मत मात्रै ल्याएका छन्। गठबन्धनबाट उपमेयरका उम्मेदवार जनता समाजवादी पार्टीका कमरुद्धिन राईले ९९८३ मत ल्याएका छन्। राईले एमाले उपमयेर र राप्रपाकी उपमेयर भन्दा अग्रता लिएका छन्। राप्रपाकी विन्दु चर्तीमगरले ६१४२ मत र एमालेकी शान्ति ढकालले ५३९३ मत ल्याएकी छन् । भेरी प्राविधिक शिक्षालयमा मतगणना भइ रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
-
माइतीघरमा टमाटर किसानको आन्दोलनपछि मन्त्री चौधरीको पहल : कालीमाटीबाट ढुवानी सुरु
-
विश्वकपको फाइनल पुगे लगत्तै यमालको बार्सिलोनास्थित घरमा चोरीको प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण