दोहोरिएका उम्मेदवार पराजित
२०७४ सालको निर्वाचनमा दैलेखका चार पालिकामा नेपाली काँग्रेस विजयी भएको थियो। मंगलबारसम्म सार्वजनिक नतिजाअनुसार यसपटकको निर्वाचनमा पहिला जितेका चारमध्ये तीन पालिका काँग्रेसले गुमाएको छ। हारेका तीनवटै पालिकामा काँग्रेसले पुरानै अनुहार दोहोर्याएको थियो। गुराँस गाउँपालिकामा खेमराज वली, डुंगेश्वर गाउँपालिकामा नगेन्द्रबहादुर मल्ल र नौमुले गाउँपालिकामा भदे बुढालाई काँग्रेसले दोहोर्याएको थियो। गुराँस र डुगेश्वरमा एमाले विजयी भयो भने नौमुलेमा माओवादी केन्द्रले बाजी मार्यो।
दैलेखमै नयाँ अनुहारलाई उम्मेदवार बनाएको ठाउँमा भने काँग्रेस विजयी भएको छ। दैलेखका ११ पालिकामध्ये नौ पालिकाको नतिजा सार्वजनिक भइसकेको छ। अघिल्लो निर्वाचनमा जितेका तीन पालिका गुमाएको काँग्रेसले नयाँ चारपालिकामा जित हात पारेको छ। महाबु, ठाँटीकाँध, भैरवी गाउँपालिका र चामुण्डा विन्द्रासैनी नगरपालिकामा काँग्रेस विजयी भएको छ। आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
-
सुकुमबासीको व्यवस्थापनमा राज्य असक्षम देखियो : सचेतक धिताल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण