प्रियंका चोपडाले अनुहारमा चोट लागेको फोटो सेयर गरिन् : प्रशंसकले सोधे, ‘तपाईंलाई ठिक त छ ?’
बलिउड अभिनेत्री प्रियंका चोपडाले बुधबार आफ्नो इन्स्टाग्राम अकाउन्टमा अनुहारमा चोट लागेको फोटो सेयर गरेकी छिन् । उनको तस्बिर हेरेर धेरैजना सुरुमा झस्किए र उनलाई खासमा के भएको हो भनेर सोध्न थाले । कतिले भने उनले उक्त तस्बिर आफ्नो आउँदो हलिउड वेब सिरिज चिटाडेलको सेटबाट सेयर गरेको पनि अनुमान गरे ।
उक्त तस्बिर सेयर गर्दै उनले फलोअर्सलाई सोधिन्, ‘के तपाईंको पनि काममा कठिन दिन थियो ?’ यसका साथै उनले स्माइली पनि पोस्ट गरेकी छिन् ।
उनको यो तस्बिरमा धेरैले ‘ओएमजी’ कमेन्ट गरेका छन् । यसका साथै एकजना प्रशंसकले ‘के भयो ? तपाईंलाई ठिक छ ?’ यस्तै अर्काले सोधे, ‘यो के भयो ?’ यस्तै अर्काले कमेन्टमा लेखेका छन्, ‘आफ्नो ख्याल राख्नु... प्रत्येक दिन नयाँ अनुभव हो ।’
यस्तै, अर्का एकजनाले भने, ‘ओएमजी, एकछिनको लागि त तपाईंलाई चोट लाग्यो कि भन्ने सोचेँ ।’
प्रियंका आफ्नी छोरी मालती म्यारी चोपडा जोनसलाई घर ल्याएपछि शोको सुटिङमा फर्किएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
-
इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण