तिलोत्तमा नगरपालिकामा अझै मतगणना सुरु भएन
मंगलबार बिहानदेखि स्थगित भएको रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मतगणना अझै सुरु हुन सकेका छैन । मतगणनामा खटिएका कर्मचारीले गणनापछि रेकर्ड राख्दा संख्या तलमाथि भएपछि विवाद भएको थियो ।
विवाद मिलाएर मतगणना गर्ने भनिएपनि दुवै पक्षको आ-आफ्नो अडानले गर्दा सुरु हुन नसकेको निर्वाचन अधिकृत माधव लोहनीले बताए। नगरपालिकाको वडा नम्बर १६ को मतगणना चलिरहँदा कर्मचारीले नेपाली काँग्रेसको १४१ हुन पर्नेमा ११४ राखिएको तथा नेकपा एमालेको २५९ हुनु पर्नेमा २९६ रेकर्डमा चढाएपछि काँग्रेसले विरोध जनाएको थियो ।
मंगलबार दिउँसो एमाले बाहेकका दलहरुले पत्रकार सम्मेलन गरेर मत गणनामा खटिएका कर्मचारीहरुलाई हटाउन र मतपत्रहरूको यथार्थ छानविन गरी पुनः मतगणनाको व्यवस्था मिलाउन माग गरेपछि एमालेले पुन गणना गर्न मानेको छैन । तर गठबन्धनका दलहरुले वडा नम्बर २ र १६ को पुन मत गणना हुनुपर्ने माग गरेका छन् । निर्वाचन अधिकृतको कार्यालयले सर्वदलीय बैठक राखेर मतगणना अघि बढाउन खोजेको भएपनि दुबै पक्ष एकै ठाउँमा बस्न नमान्दा बैठक बस्न नसकेको निर्वाचन अधिकृत माधव प्रसाद लोहनीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
-
माइतीघरमा टमाटर किसानको आन्दोलनपछि मन्त्री चौधरीको पहल : कालीमाटीबाट ढुवानी सुरु
-
विश्वकपको फाइनल पुगे लगत्तै यमालको बार्सिलोनास्थित घरमा चोरीको प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण