प्यूठानको झिमरुक अध्यक्षमा माओवादी र उपाध्यक्षमा काँग्रेस विजयी
बुधबार, ०४ जेठ २०७९, १५ : ३०
प्यूठानको झिमरुक गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्र र उपाध्यक्षमा नेपाली काँग्रेस विजयी भएको छ। माओवादी केन्द्र र नेकपा एमाले गठबन्धनबाट एमसी विजयी भएका हुन्।
माओवादीबाट अध्यक्षमा उठेका पितबहादुर एमसीले ५९९९ मत ल्याएर विजयी भएका छन्। एमसीका टिकतम प्रतिद्वन्द्वी राष्ट्रिय जनमोर्चाबाट उम्मेदवार दिएका टिकाबहादुुर जिसीले ५६९६ मत ल्याएर पराजित भएका छन्। माओवादीका एमसी र जनमोर्चाका जिसीबीच जम्मा ३०३ मत अन्तर भएको छ।
यस्तै उपाध्यक्षमा काँग्रेसका प्रमोद पोखरेलले ६४१९ मत ल्याएर विजयी भएका छन्। पोखरेलका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विष्णुबहादुर घर्ती मगरले ४५६२ मत ल्याएर पराजित भएका छन्। झिमरुकमा माओवादी र एमाले तालमेल गरेका थिए। उता काँग्रेस र जनमोर्चाबीच तालमेल गरेका थिए। झिमरुकमा कुल १२७८८ मतदाता छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
-
माइतीघरमा टमाटर किसानको आन्दोलनपछि मन्त्री चौधरीको पहल : कालीमाटीबाट ढुवानी सुरु
-
विश्वकपको फाइनल पुगे लगत्तै यमालको बार्सिलोनास्थित घरमा चोरीको प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण