बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

अर्घाखाँचीको सितगंगामा मेयरमा काँग्रेस,  उपमेयरमा एमाले विजयी

बिहीबार, ०५ जेठ २०७९, ०८ : ३५
बिहीबार, ०५ जेठ २०७९

अर्घाखाँचीको सितगंगा नगरपालिकाको मेयरमा गठबन्धनबाट काँग्रेस उम्मेदवार छविलाल पौड्याल र उपमेयरमा एमाले उम्मेदवार गीता भाटले विजयी प्राप्त गरेकी छन् । मेयरमा  एमाले उम्मेदवार वसन्त  श्रेष्ठलाई  १८६ मतको अन्तरले पराजित  गर्दै  काँग्रेस उम्मेदवार पौड्याल विजयी भएका हुन्  । निर्वाचित पौड्यालले १० हजार ७८ मत प्राप्त  गरेका छन् ।  श्रेष्ठले ९ हजार ८९२ मत ल्याएका छन् ।

त्यस्तै  एमालेबाट उपमेयरमा विजयी भाटले १० हजार २८८ मत ल्याएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका   उम्मेदवार   टिका रेश्मीले  ८ हजार ५७ मत ल्याएका छन् । शितगंगाका १४ वडा मध्ये एमालेले  ७  वटा वडा र  गठबन्धनले पनि ७ वटै वडा जितेको छ र  गठबन्धनको ७ मध्ये माओवादी केन्द्रले वडा नम्बर ८ को वडाध्यक्ष जितेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप